भारतमा कपाल चोरको विगविगी

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 208 Views   ||

मानिसहरुलाई लाग्ला जाबो कपालको के मूल्य कपाल घर,घरमा पाइन्छ,यसलाई चोर्ने के आवश्यकता ? तर भारतमा नक्कली कपालको ठूलो व्यापार हुने गरेको छ । ग्राहकका रुपमा नयाँ दिल्लीको एउटा पसलभित्र ३ जना व्यक्ति छिरे । उनीहरुले पसलेलाई बन्दुक सोझ्याउँदै मूल्यवान वस्तु मागे । पसले अन्कनायोे यस्तो मूल्यवान बस्तु कसरी दिने होला ? तर चोरहरुले बढीनै हुल हुज्जत गर्न खोजेपछि पसलेले त्यो बस्तु नदिई सुख पाइएन र जे चिज चोरहरुले चोरे, त्यो थियो–कपाल । बन्दुकनै ते¥स्याएर चोरिने यस्तो कपालको कति मूल्यवान छ भन्ने कुरा कपाल चोरिएपछि पसलले प्रहरीलाई दिएको निवेदनमा प्रष्टिन्छ । २०० किलो ग्राम कपाल चोरहरुले कुम्ल्याएर टाप कसेपछि आफ्नो २० हजार डलर क्षति पुगेको दाबी गरिएको छ ।
आफ्नो सर्वश्व गुमेको र यो चोरीपछि आफू ऋणमा चुर्लुम्म डुबेको कपाल पसले जहाँगिर हुसेनले बताए । दक्षिण भारतका चर्चित मन्दिरमा कपाल देउतालाई चढाउने नियम छ । जसका कारण त्यहाँ वार्षिक रुपमा धेरै संख्यामा नक्कली कपाल किनबेच हुने गर्छ र अन्य ठाउँको तुलनामा सस्तो पनि पर्न जान्छ । खासगरी तिरुपति मन्दिरमा मात्रै वार्षिक सयौँ टन कपाल काटिन्छ र त्यसलाई लाखौँ डलरमा बिक्री समेत गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *