निर्मलाको घटना बारे जानकारी दिन सभामुखद्धारा सरकारलाई निर्देशन

  
  प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       | 193 Views   ||

सभामुख कृष्णबहादुर महराले कंचनपुरकी निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नु भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिनु भएको थियो । निर्मला पन्तको हत्याको घटनासंग जोडिएर सार्वजनिक भएका विषय माथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने चेतावनी बडुले दिएका थिए । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *