अजयदीप शर्मा÷ जिल्लामा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्य राखेर स्थानीय युवाहरुले १० करोडको लगानी गरेर ‘दाङ फन पार्क’ निर्माण गर्न थालेकाछन् । निर्माणाधीन उतm फन पार्क घोराही उपमहानगरपालिका वडा नं.१० स्थित दक्षिण अमराईमा रहेको छ । आगामी बैसाखभित्र संचालनमा आउन लागेको फन पार्कमा बच्चाका लागि गेम जम्प, जेष्ट नागरिकका लागि क्लव, खेल मैदान, स्वीमिङ पुलका साथै पार्टी प्यालेस, सभाहल, विवाह गर्न मिल्ने हल र रेष्टुरेष्ट सबैको एकै थलोमा व्यवस्थापन गरिन लागेको लगानी कर्ता मध्येका एक पोषण विक्रम रावतले बताए ।
घोराही, नारायणपुर र तुलसीपुरलाई लक्षित गरी निर्माण भइरहेको आधुनिक दाङ फन पार्क चौघेरा मन्दिरको ४ विगा क्षेत्रफलको गुठी जग्गालाई ३० बर्षका लागि लिजमा लिएको जानकारी अभियान बस्नेतले दिनुभयो । जिल्लामा एउटा पनि फन पार्क नहुँदा त्यसको अभाव पुरा गर्नलाई आफूहरु १० जना मिलेर फन पार्क निर्माण गर्न लागेको नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका अभियान बस्नेतले जानकारी दिनु भयो । फन पार्कभित्र स्थानीय परिकार, स्थानीय उत्पादन, कला,संस्कृति र भेषभुषा राखेर आन्तरिक पर्यटन प्रवद्र्धनको भूमिका खेल्ने गरी आफूहरुले योजना अघि सारेको बस्नेतको भनाई छ ।
घोराहीबाट झन्डै ७ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडक खण्डमै निर्माण रहेको ‘दाङ फन पार्क’मा ३२ वटा ब्लक निर्माण गर्ने लक्ष्य राखिएको बस्नेतले पोषण रावतले जानकारी दिनुभयो । मिनराज घिमिरे अध्यक्ष रहेको दाङ फन पार्कको सञ्चालक समितिमा अभियान बस्नेत,पोषणविक्रम रावत, अनिल बस्नेत,नवराजराज भण्डारी, रुपक थापा, नरेश श्रेष्ठ, धनवहादुर केसी, सुनिल गिरी लगायतका १० जना युवा उद्यमीहरु रहेकाछन् । जिल्लामा युवा उद्यमीहरुले ठुलो लगानीमा शुरु गरेको यो नयाँ काम हो । जसलाई दाङमा हेर्न लायक एक स्थानको रुपमा लिन सकिने छ ।