वैकल्पिक एयरपोर्टको तयारी

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       | 409 Views   ||

दाङ÷ पटक, पटक सञ्चालन र अवरुद्ध हुँदै आएको टरिगाउँ विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने सम्भावना न्युन बन्दै गएपछि वैकल्पिक एयरपोर्टको तयारी थालिएको छ । टरिगाउँमा पछिल्लो समय ट्विनेटर जहाज सञ्चालनमा आएपनि टिकट दर महङो भएपछि सेवा अवरुद्ध हुँदै आएको छ । गत आइतवार टरिगाउँ विमानस्थलको अवलोकन गर्न आएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहितको टोलीले विमान स्थलको धावनमार्ग सानो हुँदा ठुलो जहाज चल्न नसक्ने कारण देखाई त्यहाँ जहाज सञ्चालन हुने सम्भावना न्युन रहेको कुरा औंल्याएका थिए ।
टरिगाउँमा बोल्दै नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले टरिगाउँ एयरपोर्टलाई नियमित सञ्चालन गर्ने लगानीले नयाँ स्थानमा अन्र्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउन सकिने बताए । उनले वैकल्पिक एयरपोर्ट निर्माणका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकाको बीच भागमा रहेको नारायणपुर क्षेत्रमा अध्ययन भइरहेको जानकारी दिँदै दाङमा नियमित रुपमा एयरपोर्ट सञ्चालन गर्न टरिगाउँको विकल्प खोज्नुपर्ने समेत बताए । ‘दाङमा एयरपोर्ट सञ्चालन गर्नुपर्ने कुरामा हामी प्रतिबद्ध छौं । तर त्यसका लागि लगानी कहाँ गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पनि ध्यान दिन आवश्यक छ ।’ महानिर्देशक गौतमले भने ‘टरिगाउँमा जतिसक्दो प्रयास गरेपनि पन्ध्रसय मिटर भन्दा लामो धावनमार्ग विस्तार गर्न सकिने अवस्था छैन । उतिक्कै लगानीमा नारायणपुर क्षेत्रमा ३ किलोमिटर भन्दा लामो धावनमार्ग बनाएर अन्र्तराष्ट्रियस्तरको एयरपोर्ट बनाउन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *