संविधानको मर्मलाई आत्मसाथ गर

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       | 231 Views   ||

जनताको लामो संघर्ष र वलीदान प्रश्चात प्राप्त नयाँ संविधान जारी भएको पनि ४ बर्ष पुरा भएको छ । २०७२ असोज ३ गते जनताले चुनेका जनप्रतिनिधि मार्फत ६५ बर्ष देखि आकांक्षारत जनताको सपनाले साकारको स्परुप आकार लिएको दिन । जसलाई इतिहासकै फलदायी दिनका रुपमा मनाउने गरिन्छ । नयाँ संविधान घोषणा प्रश्चात ३ तहका चुनाव पछि आजसम्ममा त्यो पूर्ण रुपमा कार्यान्वयनमा आइसकेकोछ । अहिले देश गणतान्त्रिक शासन व्यवस्था भित्र छ । अर्थात संविधानप्रद रुपमा जनआकांक्षाको कदर गर्ने शासन प्रणाली भित्र हामी छौं । जनताको सार्वभौम अधिकार सहित लोकतन्त्र र अग्रगामी परिवर्तनलाई आत्मसाथ गदै जनताको शासन व्यवस्थाको माध्यामद्वारा सुशासन सहित विकास र समृद्धिको लक्ष्य यो संविधानले बोकेको छ । तर संविधानको मर्म र भावना अनुसार शासन सन्चालकहरु चल्न नसक्दा फेरि दुःख पाइने हो कि भन्ने शंका र संसय जनतामा कायमै रहेको छ ।
नयाँ संविधान अनुसार देश संघीय गणतन्त्रको संरचना अनुरुपनै चलिराखेको छ र समावेशी, समानुपातिक र सहभागितामुलक सिद्धान्तलाई अंगिकार गरिराखेको छ । संविधानले उल्लेख गरे अनुरुप सामाजिक न्याय सहितको समानतामुलक समाज निर्माणको अपेक्षा आजनै पुरा गर्ने भन्ने सम्भव कुरा पनि होइन तर पुरा गर्नलाई संविधान अनुरुप सही तरिकाले सरकार हिडेको छ कि छैन समिक्षा भने गर्ने बेला भएको छ । लोकतान्त्रिक मूल्य,मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिवद्धता यो सरकारले राखेको छ । तर काम, व्यवहार, शैली र आचरण उहि पुरानै ढंगको स्थापित भइराख्दा जनताले कुनै नयाँपन र समृद्धि हुने भो,अब हामी गरिवीको चपेटाबाट माथि उठ्ने भयौं भन्ने कुनै त्यस्तो आशाको अनुभूति गर्न पाएका छैनन् । संविधान नयाँ र अधिकार सम्पन्न भएर मात्र केही लाग्दैन जब कार्यान्वयन गर्ने सतmा शासकहरु सोही अनुरुप चल्न सक्दैन भने । व्यथिति, भष्टाचार, कुशासन,ढिलासुस्ती,असुरक्षा सबै उहि पुरानै अवस्थाका मज्जुदारुपमा चलिरहेकाछन भने लोकतन्त्र कहाँ बलियो हुन्छ र जनता कहाँका सार्वभौमसम्पन्न हुन्छन त ! दुईतिहाईको स्थिर र बलियो सरकार छ । यो सरकारले पहिला विकृतिका जराहरु नष्ट गर्ने र पारदर्शी शासन व्यवस्थाको शुरुवाद थाल्नुपर्ने हो । तर यहाँ भएको के छ भने सपनाहरु ठुल्ठुला देखाइएको छ ध्यान भने जनताको कष्टकर दैनिकीमा दिइएको छैन । काम नगर्ने पुरानै परम्परालाई पछ्याउन थाले कुरामा मात्र जनताले विश्वास गर्ने अवस्था छैन ।
धेरै त्याग र वलीदानबाट प्राप्त यो संविधानले भविष्यको आवश्यकता र पिढि दरपिढीको चाहनालाई प्रतिबिम्बित गरेको छ । भला केही पक्षलाई यो संविधानले सबै पक्षलाई समेट्न नसकेको लागेको हुन सक्छ । पूर्णता त केही पनि हुदैन तर जति छ त्यो प्रर्याप्तता छ । खाली खाँचो इमान्दारीका साथ कार्यान्वयन गर्नुको । संविधान दिवस मनाउनुको सार्थकता पनि यो हो कि यसको मर्म र भावना अनुरुप काम गर्नु र देशलाई सुखी, सम्पन्नतातिर लैजानु । शतिmमा जानेहरु त्यसको दुरुपयोग गरेर आफू मात्र सुखी र सम्पन्न हुने सपना देख्ने हो भने यो लोकतन्त्र पनि धेरै समय बाँचिरहन सक्दैन् । गणतन्त्रलाई बलियो बनाउन सतmा शासन शैली र आचरणमा सुधार ल्याउनु प¥यो र मात्र समृद्धिको लहर ल्याउन सकिन्छ । गौरवपूर्ण संविधानलाई गति दिन गौरव गर्ने लायक तरिकाले जनप्रतिनीधिले काम गर्न सकुन सबैलाई संविधान दिवसको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *