यसरी बन्छ दुध चिया शरीरमा गएर विष

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       | 251 Views   ||

चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए । अनुसन्धानकर्ताहरूले ती महिलालाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भइरहेको गतिविधिलाई निरीक्षण गरेका थिए ।
नतिजा अचम्मको निस्किएको थियो । तातो पानी मात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन । कालो चिया पिउँदा मुटुको धमनी र रक्त नशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्त नशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो । दुध चिया भन्दा कालो चियाको स्वास्थ्यमा फाइदा धेरै छन । कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटु सम्बन्धी रोगबाट पनि बचाउँछ तथापी, त्यस चियामा अलिकति पनि दूध मिसियो भने अब त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्छ । यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिन’ ले चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्छ, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *