मोबाइल हरायो ? चिन्ता नगर्नुस,यसरी भेटिन्छ

  
  प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       | 374 Views   ||

तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या विग्रियो ? अब धेरै चिन्ता गर्नु पर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइ दिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्को खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट डाटा या फाइल हराउने छैनन सबै भेटिने छन किनभने मोबाइल हराउनु अगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन । तर तपाईंले आफ्नो मोबाइल किनेको मूल्यको पाँच प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता गर्नुभयो भने सो सेवा पाइन्छ ।
हरायो भने मोबाइल धनीको ५० प्रतिशत मात्र लागतमा नयाँ सेट किनि दिने योजना छ । तर केही महिनापछि यो लागत ३० प्रतिशतमा झार्ने योजना सो कम्पनीको छ । मर्मत तथा नयाँ सेटका लागि सम्बन्धित मोबाइल कम्पनीसँग उक्त कम्पनीले सम्झौता गरेको छ । मेरो सुरक्षा नामको सफ्टवेयर कम्पनीले काठमाडौँमा सो सेवा शुरु गरेको छ । उक्त कम्पनीका प्रमुख प्रेम सुनुवार भन्छन, ‘हामीले यो सेवा सुरु गरेको हप्ता दिनमै हाम्रो एप्स आठ हजारले डाउनलोड गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *