मृगौलाको पत्थरी हटाउने घरेलु उपाय

  
  प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५       | 250 Views   ||

खानपिनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनु पर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसाव मार्फत जान्छ । यस्ता छन मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायहरु ः
तुलसी ः किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एक साथ पिउनु पर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।
कागती ः कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यस लगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाब मार्फत निस्किन्छ ।
अनारको जुसः अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ ।
राजमा ः राजमामा फाइबर,वनस्पतिक प्रोटिन, भिटामिन वी र मिनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।खाना बार्ने चकलेट, चुकन्दर,स्ट्रबेरी,ओखर,मरिच,पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुरा नखानु उत्तम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *