जनक नेपाली
दाङ । नेपाल विद्युत प्राधिकरणले गाडेका पोलका कारण सर्वसाधारण जोखिममा परेका छन् । प्राधिकरणले गाडेका काठ र फलामका पोल बर्षौ सम्म नफेर्दा स्थानीय सर्बसाधारण जोखिममा परेका हुन । प्राधिकरणले गाडेका काठका पोल गलेको र फलामका पोल खिया लागेर ढल्लेने अवस्था हँुदा पनि नफेर्दा समस्या देखिएको घोराही १४ का मनिराम चौधरीले वताउँनुभयो । यस्ता पोलले सर्वसाधारणको अकालमै ज्यान जाने खतरा समेत रहेको चौधरीको भनाई छ ।
बजार क्षेत्रमा गाडिएका फलामका पोल २०÷२२ बर्ष सम्म नर्फेदा समस्या बढ्दै गएको उहाँको भनाई छ । घोराही तुलसीपुर सडक खण्ड र बजारकै मुख्य–मुख्य चोकमा भएका पोल ढल्ने अवस्था रहेको वताउँदै उहाँले यस्ता पोल वारे विद्युत प्राधिकरणले कुनै चासो समेत नदिएको चौधरीले वताउँनुभयो । घोराहीको तुलसीपुर चोक, बालमन्दिर, टूाफिक चोकमा पोल बाङ्गििएर ढल्लेने अवस्था हुँदा पनि पोल फेर्न प्राधिकारणले कुनै चासो नदिएको उहाँको भनाई छ । ‘कति बेला पोल ढलेर कस्लाई करेन्ट लाग्ने हो थाहा छैन, बजार क्षेत्रमा आउँने सर्वसाधारण जोखिम परेका छौ ।’
बजार क्षेत्रमा खिया लागेर पोल ढल्ले अवस्था हुँदा पनि विद्युत प्राधिकरण चुप लाग्दा समस्या भएको उहाँको भनाई छ । खिया लागेर ढल्ने अवस्थामा रहेका यस्ता पोल उखेल्न कुनै पहल नै नगरिएको उनले जानकारी दिए ।‘बजार क्षेत्रमा खिया लागेर ढल्ने अवस्थामा रहेका फलामका पोल प्रशस्त भेटिन्छन् भने गाउँ गाउँमा गाडिएका यस्ता पोल धमिरोले खादा कुन बेला पोल ढलेर कस्तो ज्यान जाने हो थाहा छैन,’ उहाँले थप्नुभयो ।
खिया लागेर कमजोर बनेका पोलमा टेलिफोनसंगै बिभिन्न केवलका तार समेत झुन्ड्याउँदा झनै जोखिम बढेको छ । बिद्युतका पोलमा विद्युतको तारसँगै टेलिकल र केवुलका तार राख्न नपाईने हुँदा हुदैपनि उनीहरुले जबरजस्ती तार राख्दै आएका छन् ।
‘वालमन्दिरमा रहेका बाङ्गो पोल उखल्न पटक,पटक आग्रह गर्दै आएका छौं, तर अहिले सम्म हाम्रा कुरा प्राधिकरणले सुनेको छैन,’ स्थानीय भिमबहादुर थापाले भन्नुभयो । कतिपय स्थानमा सडकको विचमै पोल गाडिएको भन्दै थापाले बजारमा आउँने जाने सर्वसाधारणले दुःख पाउँने गरेको गुनासो गर्नुभयो ।
कमजोर पोल हटाउँछौ ः प्रमुख
विद्युत प्राधिकरण कार्यालय दाङले पुराना पोल तत्काल हटाउँने भएको छ । यस्ता पोलले जोखिम निम्त्याएको बताउँदै तत्काल पुराना पोल हटाउने काममा आफु लागेको कार्यालय प्रमुख मधुसुदन यादवले जानकारी दिनुभयो । पहिलो चरणमा गाउँमा गाडेको काठका पोल हटाउँने र लगत्तै खिया लागेका पोल हटाईने कामलाई प्राथमिकता दिइने उहाँले वताउँनुभयो । काठका पोल दाङको पहाडी ईलाकामा गाडिएको वताउँदै यस्ता पोल तत्काल हटाउँने उहाँको भनाई छ । जोखिम भएका स्थानमा पोल हटाई सकेको बताउँदै कतिपय ठाउँमा कमजोर पोल हटाउँने प्रक्रियामा आफुहरु रहेको उहाँको भनाई छ ।