बजार अनुगमनलाई प्रभावकारी बनाऊ

  
  प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       | 205 Views   ||

यतिवेला बजारक्षेत्र महँगी र अभावले ग्रस्त छ । दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धिले उपभोतmाहरु आक्रान्त बनेकाछन् । अभाव, ठगी,कालोबजारी,मिसावट र वस्तुमा चर्को मूल्य असुली गर्ने बदमासहरु सल्बलाएकाछन । मानौं यस्तो भइसकेको छ कि महँगी नबढि चाडवार्ड नै आएको मानिदैन् ।सबैतिर व्यथिति बढ्दै गएको छ । दुइतिहाईको बलियो सरकार झन पछि झन सुस्ताएको जस्तो देखिन थालेको छ । जनताले दैनिकी जीवनमा सुविस्तता र सहुलियत खोजेकाछन् । तर उल्टो यहाँ झन कठिनाई झन सास्ती खेप्नु परिराखेको छ । फेरि उनै ठेकेदार,म्यानपावर कम्पनी चलाउने, एनजीओ चलाउने, ठूलाठूला उद्योगधन्दा, व्यापार, व्यवसाय चलाउनेहरूनै सरकार माथि हुन थाल्ने हो भने जनताको हवीगत झन पछि झन तन्डम बन्दै जाने छ ।
सरकारले शुरुका बेला चालेका सकारात्मक कदमहरु पनि क्रमशः पछि हट्दै जान थालेपछि आचोचनाको क्रम पनि शुरु भएको छ । यातायातको क्षेत्रमा सिन्डीकेटको निर्णय उल्ट्याउने देखि पप्पु कन्स्ट्रक्सन जस्तो बदनाम ठेकेदार कम्पनीलाई काम दिनु र अयोग्य ठह¥याएर २ महिना अघि हटाइएका दुरसंन्चारका अध्यक्षलाई पुनः बहाली गर्नु जस्ता कामले सरकारलाई अलोकप्रिय बनाउँदै लगेको छ । त्यस्तै बढ्दो बलात्कार र हत्याका घटनाहरुले पनि सरकारलाई प्रभावकारीहिनता तर्फ धकेल्ली रहेकाछन् । देशमा तलदेखि माथिसम्म गरी ४० हजार जनप्रतिनिधि छन् । उनीहरुले तलव र भतmा खाएकाछन तर जनतालाई प्रभाव पार्ने काम गर्न सकिरहेको देखिदैन् । यद्यपि अहिले गलत कामलाई पनि रोक्न नसकिरहेको जनगुनासो व्याप्त छ । जनप्रतिनीधिले कर बढाउदै आफनो जीवनशैलीमा सुधार ल्याउने तर जनता भने झन अभावग्रस्त जीवनको सामना गर्नुपर्ने अबस्था निम्तनुनै अहिलेको बढ्दोे निराशाको रुप हो । एउटा किसानको आयस्तरमा कुनै बृद्धि छैन तर बजार महँगी रहेको छ । व्यापारी, जागिरे,जनप्रतिनीधिहरुलाई त कुनै समस्या छैन । तर वेरोजगार नागरिक भने महिनै पिच्छे महँगीले डाम्मिरहेको छ । जथाभावी भइरहेको अनियमितता रोक्न तर्फ जनप्रधिनिधि र सरकारको ध्यान जान सकिरहेको छैन । भष्ट्राचारलाई रोक्न र चुस्त प्रशासन बनाउन नसक्दा पनि यो सरकारको आलोचना बढ्ेको हो । समृद्धि र विकासको लक्ष्य बोकी अघि बढेको यो सरकारले जनताको दैनिक जीवनमा ध्यान दिन जरुरी छ ।
गलत कामधन्दा गर्नेहरु चाडपर्वलाई कुरेर बसिरहेका हुन्छन् । मान्छेहरुको आवश्यकता वा मागको नाजायज फाइदा उठाएर कालाधन्दा चलाउने व्यापारीहरु सल्बलाउन थालिरहेकाछन् । साना,साना कुरामा पनि उपभोतmाहरु विनाकारण ठगीराखेका हुन्छन र सताइराखेका हुन्छन् । यस्तोमा सरकारको बलियो र प्रभावकारी उपस्थिति हुने हो भने जनतालाई ठुलो राहत पुग्न जान्छ । सरकारले राजमार्गका होटेलदेखि उपभोग्य बस्तु किन्ने बजारसम्मको अनुगमनलाई तिव्र चासोको साथ कार्यान्वयन गरिनुपर्छ । त्यस्तै शान्तिसुरक्षाको सवालमा पनि सरकार यो वेला संवेदनसिल भएर लाग्न जरुरी हुन्छ । जनताको सरकारले जनताको जनजीवनसँग प्रत्यक्ष जोडिएका सवालमा विषेश ध्यान दिएर काम गर्न सके मात्र पनि सरकारलाई जनप्रिय हुनबाट कसैले रोक्न सक्दैन् । उपभोतmा ठग्ने जो सुकै व्यापारी होस सरकारी संयन्त्रले तुरुन्त कार्वाही गर्न सक्यो यो व्यथिति र अभावको नियन्त्रण हुन जान्छ । स्थानीयदेखि संघसम्मको सरकारले आफूभित्र कुनै विकृति आउँन नदिई गतिसिलताका साथ जनताको काममा समय लगाउनुको अर्को विकल्प जनता र सरकार कसैका सामू छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *