चाडपर्वका लागि नागरिक सहायता कक्ष

  
  प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       | 299 Views   ||

घोराही ÷ नेपालीको महान पर्व विजयादशमी तथा दीपावलीको अवसरमा नागरिक सहायता कक्षा स्थापना गर्न शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा नागरिक सहायता कक्षा स्थापना गरेको छ ।
सोमवार स्थापना गरिएको नागरिक सहायता कक्षमा चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या झेल्न सक्ने भएकाले समाधानका लागि नागरिक सहायता कक्षा स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर
कुँवरले बताउनुभयो । सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टहरुमा राखिने पनि उहाँले बताउनुभयो । प्रहरी निरिक्षक कुँवरले घोराहीको बसपार्क, ट्राफिक चोकमा सहायता केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

त्यस्तै सोमवारनै लमहीमा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने एवं अभद्र व्यवहार हुन सक्ने भएकाले समस्या समाधानका लागि विभिन्न नम्वरहरु दिइएको छ । जसमा ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको फोन नम्बर ०७१–५४०७००, कन्ट्रोलन १०३, जिल्ला प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६०१९९, कन्ट्रोलको सम्पर्क नम्बर १००, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको फोन नम्बर ०८२–५६००४१ कार्यालय प्रमुखको मोबाईल नम्बर ९८५७८३५३३१, ट्राफिक प्रहरी तुलसीपुर ९८५७८९०२१३,अस्थाई ट्राफिक प्रहरीकार्यालय लमहीको फोन नम्बर ९८५७०९००२७ र अस्थाई ट्राफिक पोष्ट भालुवाङको फोन नम्बर ९८५१२८२४२५ रहेको छ  । समस्या परेमा आफू नजिक ठाउँको यी नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख कुंवरले सबैमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *