प्रदेशमन्त्री सोनामको भनाई : ढुक्क हुनुहोस् करको दर बढ्दैन, दायरा मात्रै बढ्छ

  
  प्रकाशित मितिः बिहिबार, अशोज २५, २०७५       | 225 Views   ||

पाण्डव शर्मा
तुलसीपुर । प्रदेश ५ का आन्तरिक मामिला तथा तथा कानुन मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले करको दर बढाउने पक्षमा आँफूहरु नरहेको स्पष्ट पारेका छन् ।रिपोर्टस् क्वल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले करको दर नभएर दायरा बढाउने पक्षमा प्रदेश सरकार रहेको जानकारी दिए । ‘अहिले केही स्थानीय तहमा एक÷दुई रुपैयाँ कर बढेको विषयलाई निकै अतिरञ्जित गर्ने काम भयो,’ उनले भने, ‘हामीले यो प्रदेशको सबै स्थानिय तहमा अध्ययन ग¥यौं, त्यस्तो समस्या कहिँ छैन ।’

करको विषयमा अन्तिम निर्णय गर्ने अधिकार स्थानिय तह भएकाले स्थानिय सरकारले जनतालाई मर्का पर्ने गरी कर नबढाउने विश्वास व्यक्त गरे । केही शक्ति केन्द्रहरुले संघीयतालाई नै संकटमा पार्ने अभिप्रायले करको विषयलाई अनावश्क रुपमा उचाल्न खोजेको उनको भनाई छ ।‘जो संघीयता विरोधी छन्, ती शक्ति र संघीयतालाई बाहिरि रुपमा स्वीकार गरे पनि भित्रि रुपमा त्यसको विपक्षमा रहेका शक्ति केन्द्रहरुले अनावश्यक रुपमा गलत हल्ला फैलाएका छन्,’ सोनामले भने, ‘हामी संघीयतालाई जनताको पक्षमा गराउन लागि रहेका छौं ।’

प्रदेश सरकारले यहाँको विकासका लागि दीर्घकालिन गुरुयोजना बनाएको उल्लेख गर्दै सोनामले प्रदेशमा रहेका प्राकृतिक स्रोत साधानको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।केही समय कानुन निर्माण नहुँदा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच केही ‘ग्याप’ जस्तो देखिएको उनले बताए । ‘अहिले हामीले स्थानिय तहलाई मजवुत बनाउने गरी कानुन निर्माण गरेका छौं,’ सोनामले भने, ‘केही कानुनहरु निर्माण प्रकृयामा रहेका छन् ।’ अब कानुन अभावका कारण स्थानीय तहलाई कार्य सम्पादनमा त्यति अप्ठेरो नपर्ने उनको भनाई छ ।

कार्यक्रम रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *