प्रविधिले सुधार्यो पठनपाठन

  
  प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५       | 315 Views   ||

घोराही । समयक्रमसँगै दाङका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समय सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कदैं गएको भन्ने गुनासो बढ्दै गएपछि पठनपाठनलाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयले प्रविधिको सदुपयोग गर्न थालेका हुन । त्यसका लागि जिल्लाका केही विद्यालयले मल्टिमिडियाको माध्यमबाट पठनपाठन थालेका छन भने केहीले कक्षाकोठाभरी सिसि क्यामेरा जोडेर शिक्षक र विद्यार्थी दुबै तर्फ अध्ययन अध्यापनको कार्यलाई प्रभावकारी बनाउदै लगेको छन् ।

घोराही उपमहानगरपालिका स्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले कक्षाकोठामा सिसिटीभी क्यामेरा राखेपछि शैक्षिक स्तर सुध्रिएको बताए । ‘ सिसिटीभि क्यामेराको प्रयोगपछि विद्यार्थी र शिक्षक दुबै तर्फको अध्ययन अध्यापन कार्यमा प्रभावकारिता आएको छ । ’ उनले भने ‘ प्रशासनले निगरानी गर्ने भएपछि शिक्षक विद्यार्थी सतर्क भएर पठनपाठन गर्छन । सबैभन्दा त परिक्षा प्रभावकारी भएको छ । सिसि क्यामेरामा देखिने भएकाले विद्यार्थीले चिट चोर्दैनन् । एक आपसमा झगडा गर्देनन् ’ । बालविकासमा माविको वेबसाइट र एप्लीकेशनसमेत सञ्चालनमा आएको प्रअ श्रेष्ठले बताए ।

शिक्षा विकास तथा समन्वय ईकाई दाङका अनुसार जिल्लाका दाङका २० भन्दा बढी सामुदायिक बिद्यालयले मल्टिमिडियाको माध्यामबाट पठनपाठन गराइरहेको छन् । दाङका शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख रमेश मैनालीले बताए । तुलसीपुरको ज्ञानज्योति प्राबि,घोराहीको मावि रझेना, सुप्रभात मावि, वालविकास मावि लगायत २० भन्दा बढि सामूदायिक बिद्यालयले मल्टीमिडियाको माध्यामबाट पठनपाठन गराइरहेका छन । मल्टीमिडियाको माध्यमबाट पढाई हुने विद्यालयमा कम्प्युटर, आइसिटी,इन्टरनेट, तथा इ लाइब्रेरी समेत सञ्चालनमा आएका छन् । ‘ शिक्षकले पढाउने तर बिद्यार्थीले नबुझ्ने समस्याले गर्दा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको भन्दै प्रविधिको प्रयोगले शैक्षिक गुणस्तर बृद्धि हुने दाङका शिक्षा इकाई प्रमुख सुर्यकान्त घिमिरेले बताए ।

‘शिक्षकले पढाएको नबुझ्ने र सोध्न पनि डराउने विद्यार्थीहरु थुप्रै छन,यसले गर्दा विद्यार्थीको सिकाई उपलब्धी बढ्न सकेको थिएन ।’ घिमिरे भन्छन ‘ मल्टीमिडियाको प्रयोग गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीहरुले पुनः हेर्न सक्छन, यसले उनीहरुको शैक्षिक गुणस्तरमा बृद्धि हुन्छ । ’ मल्टिमिडियाबाट पढाउन थालेपछि विद्यार्थीहरुको आकर्षण पनि बढ्ने भएकाले पढाई प्रभावकारी हुने घिमिरेको भनाई छ ।दाङको तुलसीपुर उपमहानगरपालिका, ६ स्थित सेन्टर मावि तुलसीपुरले अभिभावकले घरमै बसेर विद्यालयको निगरानी गर्ने व्यवस्था मिलाएको छ ।

आफ्ना छोराछोरीले कसरी कक्षामा पढिरहेका छन, विद्यालयको वातावरण कस्तो छ, शिक्षकको शिक्षण लगनशीलता कस्तो छ, विद्यालय प्रशासन कसरी सञ्चालन एवं व्यवस्थापन भइरहेको छ लगायत विषय अभिभावकले घरमै बसेर मोबाइलबाट हेर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।‘विद्यालयका सबै कक्षा र कार्यालय क्षेत्रमा सिसी क्यामेरा जडान गरी सिसी टीभीको फुटेज हेर्ने एप अभिभावलाई दिएका छौं, प्रधानाध्यापक पौडेलले भने, ‘त्यहीँबाट विद्यालयको सम्पूर्ण गतिविधि अभिभावकले घरमै बसेर हेर्न सक्छन् । कहिले विद्यार्थी नहुने र भएका विद्यार्थीको पनि सिकाइ उपलब्धि कमजोर रहेकाले सेन्टर माविले पछिल्लो समय प्रविधि, गुणस्तर र सिकाइमा नयाँ प्रविधि अपनाएको जनाएको छ ।एक वर्षदेखि विद्यालय पूर्ण रूपमा प्रविधिमैत्री बनाइएको प्रअ पौडेलले जानकारी दिए । विद्यालयमा भर्न गर्न आउने अभिभावकलाई प्रविधिबारे जानकारी दिएर एप्स दिने गरिएको छ । मोबाइलबाट विद्यालयको निगरानी गर्न सकिने भएपछि अभिभावक विद्यालय आउनुपर्ने अवस्था हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *