आफनै विरुद्धको मुद्धा थाहा पाउदैनन् महिला

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 196 Views   ||

जनक नेपाली घोराही ÷ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ कि (कल्पना) नाम परिर्वतन ले विवाह गरेको झण्डै २० बर्ष पूग्योे । सामाजिक परम्परा अनुसार मागी विवाह गरेकी कल्पनाका अहिले तीन सन्तान छन । उमेरले ४५ काटेकी कल्पना श्रीमान, सासु, ससुरासँगै घर,व्यवहार चलाउदै आइरहेकीछिन् । तर उनी त्यतिवेला छाँगाबाट खसे जस्तै भइन जतिवेला जिल्ला अदालतबाट सम्बन्ध बिच्छेदका लागि म्याद तोकी पठाउँछ । बाल,बच्चा श्रीमानसँगै घर,व्यवहार चलाउँदै आएकी कल्पना श्रीमानले सम्बन्ध विच्छेदको मुद्धा दाङ, देउखुरी जिल्ला अदालतमा दर्ता गराएपछि आफू समस्यामा परेको बताउदै आएकिछिन् ।

न श्रीमानसँग कुनै सम्वन्ध विग्रिएको अवस्था न मैले श्रीमानलाई कुनै अप्ठयारोमा पारेको घटना । रातिसँगै सुतेका श्रीमानले बिहान अदालत पुगेर सम्बन्ध विच्छेदको मुद्धा दर्ता गर्लान भनेर कहिले सोच्नै नसकिने कुरा भयो उनीले भनिन् । ‘म श्रीमानसँग सम्वन्ध विच्छेद गर्ने पक्षमा छैन’ उनीले भनिन । अदालतबाट म्याद आएपछि श्रीमानले दुःख दिन थालेको भन्दै कल्पनाले पटक÷पटक आग्रह गर्दा पनि श्रीमान आफूसँग बस्न राजी नभएको उनीले बताइन् । श्रीमानका कारण छोराको पढाई बिग्रने अवस्थामा पुगेको उनीले बताइन् । मैले सामान्य नाम मात्र लेख्न जान्ने मान्छे यस्तो बेला कसको सहयोग पाउँछु निकै समस्यामा छु, कल्पनाले दुःख पोख्दै भनिन् ।

भदौ १ गते देखि लागू भएको नयाँ मुलुकी ऐनसँगै दाङ देउखुरी जिल्ला अदातलमा श्रीमतिसँग सम्बन्ध विच्छेद गर्ने भनेर तीन महिनामा ६१ पुरुषले मुद्दा दर्ता गराएकाछन् ।
अदालतका डिठ्ठा चुडामणि रेग्मीका अनुसार गत भदौ १ देखि कात्तिक १२ गते सम्म एक सय १७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जानकारी दिए । ती मध्य ६१ पुरुष र ५७ महिलाले मुद्दा दायर गराएकाछन् । त्यस मध्ये ४६ वटा मुद्धा फैसला भइसकेको रेग्मीको भनाई छ ।

गत आर्थिक वर्षमा ६ सय ४० सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । ती मध्ये ४ सय ९५ मुद्दा फछ्र्याेट भएको अदालते जानकारी दिएको छ । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्वन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग गर्नेको संख्या बढेको जिल्ला अदालतका मुख्य न्यायधीस हेमन्त रावलले जानकारी दिनुभयो । अधिकांस सम्बन्ध विच्छेदका कारण पारिवारिक असमझदारी, वैदेशिक रोजगार,हतारको निर्णय, प्रेमविवाह र नयाँ पुस्ता आफू स्वतन्त्र रूपमा रहन चाहनु नै रहेकाछन् ।

पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गदैमा अदालतले फैसला नगर्ने न्यायधीस हेमन्त रावलले बताउनु भयो । विपक्षलाई आफ्नो राय राख्न म्याद पठाउने भन्दै पर्याप्त प्रमाण रायका आधारमा मात्र अदाललते फैसला सुनाउने रावलले बताउनु भयो । श्रीमानले चाहेमा मात्र मुद्धा पैmसला नुहने भन्दै अदालतले म्याद पठाएको म्यादमा विपक्ष उपस्थित भएर आफ्नो राय राखे महिलालाई नै न्याय हुने उहाँले बताउनु भयो । कसैको घरव्यवहार नविग्रियोस् भन्ने उदेश्यले जिल्ला अदालतका तर्फबाट एक बर्षसम्म मिलापत्र र छलफल गराउने काम पनि गरिदै आएको उहाँले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *