दाङको मनोरम सुन्दरतामा रमाऔं

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 350 Views   ||

दाङ, अहिले आन्तरिक पर्यटकको रुपमा विदाको समयमा रमनिय ठाउँहरु घुम्ने प्रचलन बढेको छ । देशमा विभिन्न प्राकृतिक रमनिय ठाउँहरुको अवलोकन भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको अवस्थामा दाङ पनि घुम्नपर्ने स्थानको रुपमा चिनिदै जान थालेको छ । प्रकृतिको धनी दाङ उर्वर फाँट अनि हरिया पहाडहरुले घेरिएको मनमोहक उपत्यकाको दृष्यावलोकनले मन लोभ्याउने गर्छ ।
आजभोलि खेतका आलीमा पहेलपुर झुलेका धानका वाला र बारीमा पहेलपुर फूलेको तोरीले साँच्चिकै दाङ एउटी दुलही जस्तै सिङ्गरिए जस्तो देखिन्छ । दाङको काखमा रहेका पुरन्धारा झरणा,बाह्कुने, र ज्यामिरे र चरिङ्गे दह, भोटेदह, जखेडा ताल अनि चमेरे गुफा सहित धारपानी,अम्विकेश्वरी, रिहार जस्ता मठमन्दिरहरु ।

गणेशपुरको रमणिय पार्क होस या गढीटाकुराको लेख र वंगलाचुली लेख सबै आँखाभित्र राख्नुपर्ने ठाउँहरुछन । भर्खरै यहाँको भोटे दहमा बोटिङको व्यवस्था गरिएको छ ।
सबैले यहाँका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने हो र तिनीहरुलाई पर्यटकिय स्थानका रुपमा विकसित गराउने हो भने यहाँ मानिसहरु घुम्नका लागि अनेत्र जिल्ला जानु पदैन यहिका ताल,तलैया,गुफा,झरणा र अग्ला लेखहरुनै मन बहलाउन र मनोरम बनाउन प्रयाप्त रहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *