अब कारमा चढेर उड्न पाइने

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 327 Views   ||

विश्वमा विज्ञान र प्रविधिको विकास तिव्र रुपमा अगाडि बढेको छ । बैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन । करिब १२ वर्षको प्रयास पछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको छ । अब यसको विक्री शुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन ।

एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्न सक्ने क्षमताको यो कारको गति २०० किमी प्रति घन्टा भन्दा धेरै रहेको छ । संचार माध्यामहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन । तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ । सन २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो । पहिले दुई जना बोक्ने गरी बनाइएको यो कारमा अहिले ४ जना अट्ने गरी विकसित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *