मोबाइल र सामाजिक सन्जाल प्रयोगमा भारत भन्दा नेपाल अघि

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 347 Views   ||

मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन । काठमाण्डौमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।

आईडीआरसी,सीआरडीआई संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशत मात्र छन । सर्वेक्षण गरिएका मध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँग मात्र मोबाइल छ । यो नेपाल भन्दा ११ प्रतिशतले कम हो ।

नेपालमा मोबाइल प्रयोगकर्ता शहरका मात्र होइन गाउँका जनता पनि लगभग उत्तिकै छन । सर्वेक्षणका अनुसार शहरी क्षेत्रमा ७६ प्रतिशतसँग मोबाइल छ भने गाउँमा ६५ प्रतिशतको हातमा मोबाइल छ । नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *