माछा मार्ने परम्परागत विधिनै उत्तम

  
  प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       | 170 Views   ||

देउखुरी÷ अप्राकृतिक रुपमा माछा मार्ने कार्य बृद्धि भएसंगै माछाका प्रजातिहरु लोप हुन थालेका छन् । माछा मारेर जीविका चलाउँदै आएका मछुवारा समूहमा आबद्ध व्यक्तिहरुले राप्ती नदीमा पाइने माछा मध्ये सौरा र उंदार माछा लोप भएको बताउँछन । सर्पको जस्तो टाउको भएको चरिङ्गा भन्दा ठूलो सौरा माछा अचेल भेटिदैन,माछाका बारेमा जानकार राप्ती गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष विद्याशरण चौधरीले भन्नुभयो ।

राप्ती नदीमा ४ देखि ४२ जातका माछा पाइन्छन् । पानीमा रहने जलीय जीवलाई बचाई राख्न माछा संरक्षण आवश्यक रहेको भन्दै स्थानीय सरकारको प्राथमिकतामा यो कुरा पर्नुपर्नेमा जोड दिइएको छ । राप्ती गाउँपालिकाले विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न योजना बनाउँदै गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो

केहि बर्ष पहिले मात्रै राप्ती गाउँपालिका वडा नं. ७ बड्का सिसहनिया निवासी सुविना चौधरी राप्ती नदीमा माछा मार्न पसेको एक÷दुई घण्टामैं डेलिया माछा राख्ने भाडो भरिभराउ हुन्थ्यो । अहिले भने दिनभरी नदीमा माछा खोज्न हिडे मुश्किलले माछा भेटिन्छन् । माछा मार्न जाँदा सुविनाले हेल्का र टोपी लगेर जानु हुन्छ । हेल्का र टोपी माछा मार्ने परम्परागत साधन हो । यसका अतिरिक्त सामान्य जाल, पाई, खोंग्य थापेर माछा मार्ने परम्परागत विधि नै उत्तम विधि मानिएकाछन् ।

यसरी माछा मार्दा पानीमा हुने अन्य जलीय जीवलाई हानी पुग्दैन तर सुविनालाई चौधरीलाई करेन्ट, बम र विष हालेर माछा मारेको पटक्कै मन पर्दैन । गाउँका युवाले नदीमा बम,बिष र करेन्ट लगाउँदा माछा संकटमा पर्दै गएको प्रति स्थानीय चिन्तित छन् । हामीले परम्परागत रुपमा माछा मार्ने विधिबाटै माछा मार्छौ । आजभोली आधुनिकताका नाममा करेन्ट र बम हानेर माछा मार्दा नदीका माछा समेत हराउन थाले सुविनाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *