अस्तव्यस्त अवस्थामा स्वास्थ्य प्रतिष्ठान

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       | 240 Views   ||

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भइसकेको घोराहीको राप्ती उपक्षेत्रिय अस्पतालको अविगत अहिले पनि उस्तै छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि पनि न यसले गति लिएको नत पूर्ववति अवस्थामा नै चल्न पाएको छ । दरबन्दीमा रहेका विशेषज्ञ डाक्टरहरु अनेत्र गएपछि अस्पताल डाक्टरविहिन जस्तो बन्न पुगेको छ । काजमा केहि डाक्टर र नर्सहरु रहेपनि उचित व्यवस्थापन नहुँदा अस्पताल अस्तव्यस्त जस्तो हुन पुगेको छ । डाक्टरहरुको अभावमा विरामी उपचारविहिन बन्नुपर्ने अवस्थाले प्रतिष्ठानको प्रतिष्ठा नै घटन थालेको छ । त्यतिमात्र नभई प्रतिष्ठान प्रमुखले प्रकृया विना आफू खुसी कर्मचारी राख्न खोज्दा सबैतिर आलोचना र आक्रोस बढिराखेको छ । अस्पताललाई ३ सय सैंयाको बनाउने निर्णय सरकारले गरिसकेको भएतापनि यहि अस्तव्यस्तका कारण भवन निर्माणको कामले समेत पूर्णता पाउन सकेको छैन ।

अस्पतालको स्वास्थ्य सेवा समेत प्रभावित पारिरहेको प्रतिष्ठानले मेडिकल शिक्षा संन्चालनको काम लगायतका विषयमा कुनै नीति,योजना बनाएको देखिदैन् । प्रतिष्ठानकी उपकुलपति रहकी संगीता भण्डारी लगायतका पदाधिकारीहरु काठमाण्डांैमै बसेर प्रतिष्ठान चलाउन खोज्नुले पनि समस्या बढ्दै गइरहेको छ । काठमाण्डौंमा बस्ने अनि अस्पताल प्रशासन र अन्य सरोकारवाला पक्षले सहयोग गरेन भनेर आफनो निकम्बापनउपकुलपतिले देखाइरहेकीछीन् । उनीको यहि गैरजिम्मेवारपनका कारण स्वास्थ्य सेवा प्रभावित भई विरामी अलपत्रपर्ने अवस्था छ । पहिले उपक्षेत्रिय र प्रतिष्ठानका नाममा अस्पताललाई अलपत्र पारेपनि अहिले प्रतिष्ठान भइसकेपछि यसको कामलाई अघि बढाई स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसक्नुमा उपकूलपतिकै असक्षमता र जिम्मेवारीहिनता देखिन्छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाउन अहिले सम्म न उनी सरकार समक्ष डेलिकेशनमा गएको देखिन्छ न जिल्लामा आएर यहाँका सरोकारवाला निकाय र जनप्रतिनीधिहरुसँग समन्वय गरेको देखिन्छ । खाली राजनीतिक आरोपका कारण असहयोग भयो भनेर पन्छिएर बस्ने र तलव पकाउने तरिकाले प्रतिष्ठान नै नरहने अवस्थामा पुग्छ । अब जिल्लाबासी र राजनीतिक दलहरुले केही सोचेर कदम चाल्नुपर्ने अवस्था आएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु दंगालीहरुका लागि खुसी र गौरवको बिषय हो । यसलाई अलपत्र पारिनु हुन्न ।यसको सम्बद्र्धन र विकासका लागि सबैको प्रयत्न र पहलकदमी आवश्यक छ ।

ष्ठानका पदाधिकारीहरु काठमाडौंमा कोठा लिएर भाडामा बस्ने,यहाँ केही काम नभएर स्वास्थ्य सेवा समेत अवरुद्ध हुने अवस्था प्रति सरोकारवाला र जनप्रतिनीधिहरुले ध्यान केन्द्रित गर्न जरुरी छ ।अस्पताललाई झन पछि झन अन्योलतामा पारिराख्नुले विरामीको स्वास्थ्य संवेदनसिलता प्रति खेलवाड गर्नु हो ।प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले जिल्लाका सबै अगुवा पक्षहरुसँग छलफल र समन्वय मार्फत अघि बढ्न सक्नुपर्छ । किनकी अस्पताल वा प्रतिष्ठान यहिका जनताको आवश्यकता र जनसरोकारको विषय हो । यसको संरक्षण र विकासमा यहाँका नागरिकहरुको चासो र सहयोग विना प्रतिष्ठानले गति पाउँन सक्दैन् । यस कुरालाई नेतृत्वको प्रमुख जिम्मेवारी सम्मालेर आएकी डा.संगीता भण्डारीले मनन गर्नैपर्ने हुन्छ र निसंकोच उनीलाई यहाँका सबै सामाजिक पक्षहरुले सहयोग गर्नुपर्दछ । तत्काल भने प्रकृयाद्धारा अस्पतालमा विशेषज्ञ डाक्टर र नर्सहरुको पदपूर्तिको व्यवस्था गरी स्वास्थ्य सेवा अलपत्र हुने अवस्थालाई अन्त्य गर्न यहाँबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सभामुख कृष्णबहादुर महरा र ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले यसलाई ध्यानमा राखि पहलकदमी लिन आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *