दुध बेचेर मासिक एक लाखको कमाई  

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       | 170 Views   ||

जनक नेपाली

दाङ । तुलसीपुर उप–महानगरपालिका वडा नं.१९ संक्रामस्थित हरिबहादुर रोकाले भैसीपालेर मासिक एक लाख आम्दानी गर्दै आएका छन । २०७२ सालमा १५ लाख रुपैया ऋण लिएर भैसीपालन व्यवसाय शुरु गरेका रोकाले अहिले दुध बेचेर मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएकाछन् ।

दुईवटा भैसीबाट व्यवसाय शुरु गरेका रोकाले अहिले  २१ वटा पु¥याएकाछन । १२ बर्ष मलेसिया बसेका रोकाले आफनै गाउँमा केही गर्छु भनेर पशुपक्षी कृषि फर्म दर्ता गरेर व्यवसायमा हात हालेका रोकाले अहिलेसम्म असफलता भोग्नु परेको छैन । बरु मेहेनती र जाँगरका कुशल व्यवसायी बनेर अरुको प्रेरणाको स्रोत उनी बनेकाछन ।

गाउँघर सहित तुलसीपुर, बिजौरी र दुधरास लगायतका बजारमा विहान,बेलुकी उनीले २ सयलिटर दुध विक्री गदैं आएकाछन् । सबै खर्च कटाएर बार्षिक १२ देखि १५ लाख रुपैयाँ सम्मको आम्दानी आफूले गदै आएको रोका बताउँछन् । रोकाले दूध बेचेर परिवार राम्रोसँग चलाएकाछन । गाउँका एक उदाहरण बनेका रोकाले यस क्षेत्रमा लाग्न चाहने किसानहरुलाई निःशुल्क तालिम तथा परामर्श समेत दिदै आएकाछन् ।

सरकारले केही अनुदान सहयोग गरेमा बेरोजगार युवाहरुलाई निःशुल्क तालिम प्रदान गरी बढ्दो बेरोजगारलाई रोजगार बनाउने योजना उनको रहेको छ । त्यसका लागि उनीले निःशुल्क गाई दिने योजना समेत बनाएकाछन् । रोकासँग अहिले केही उन्नत र केही स्थानीय जातका भैसीहरुछन् । उनले फर्ममा अहिले भैसीका अलवा कुखुरा समेत पाल्दै आएकाछन् ।

स्वदेशमा नै पसिना बगाएर हिरा फलाउने लक्ष्य राखेर भैसीपालन व्यवसायमा रमाइरहेका हरिबहादुर रोका घरपरिवार छोडेर अर्कोको देशमा पसिना बगाउनु भन्दा आफनै देशमा स्वरोजगार बन्नुमा धेरै आनन्द हुने कुरा उनी बताउँछन्   । दरिलो जोश,जाँगर,मेहनत र लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त धनआर्जन गर्न सकिने कुरा उनले बताउँदै आएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *