जनक नेपाली, दाङ । जिल्लामा वायुको गुणस्तर खस्कदै गएको छ । वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले दाङमा गरेको सर्वेक्षणमा वायुको गुणस्तर खस्कदै गएको विभागले जनाएको छ । वायुको गुणस्तर खस्किएपछि सर्वसाधारणको श्वासप्रश्वासमा समस्या देखिदै आएको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । दुषित वायुका कारण पछिल्लो समय सर्वसाधारणको मुटु विग्रिन शुरु भएको पौडेलले बताउनु भयो । वायुकै कारण नाक, कान, घाँटी, फोक्सो र कलेजोमा क्यान्सरले आक्रमण गर्ने खतरा बढेको उहाँले बताउ्नु भयो । विभागले दाङको वायुमापनका लागि वायु गुणस्तर मुल्याङ्कन स्टेशन रामपुरमा राखि अध्ययन थालेको छ । जिल्लामा वायुकोस्तर ८७ पिपिएम रहेको विभागका सूचना अधिकृत पौडेलको भनाई छ ।
दाङको वायु प्रदूषण राष्ट्रिय मापदण्ड भन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्याङमा उल्लेख गरिएको छ । जिल्लामा दुई दशमलव पाँच माइक्रोन वायुकोस्तर ६० पीपीएम पार्ट पर मिलियन भन्दा माथि काटेको विभागको तथ्याङकमा उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनले २५ पीपीएम र नेपाल सरकारले श्वासप्रश्वासका लागि वायुको गुणस्तर ४० पीपीएम तोकेको सूचना अधिकृत पौडेलले जानकारी दिनुभयो । जिल्लाको वायु श्वासप्रश्वासका लागि भने जोखिम युक्त रहेको पौडेलको भनाई छ ।
वायुको गुणस्तर खस्किएपनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रमका लागि कसैले चासो नदिएको उहाँले बताउनु भयो । जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उहाँले सर्वसाधारणलाई सुझाव दिनु भएको छ । जिल्लामा पछिल्लो समय भौतिक पुर्वाधार निर्माण,उद्योग, कल कारखाना, ईटा उद्योगमा उत्पादित धुवाका कारण वायुमा असर पु¥याएको बताउनु भयो । दाङमा संचालित सिमेन्ट उद्योग,ईटा उद्योग, सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा सयौं पीपीएम वायु प्रर्दशनको मात्रा निकाल्ने भन्दै त्यसले प्रत्यक्ष वायुमा असर पु¥याएको उहाँले बताउनु भयो ।
बढ्दो वन विनाश,जलवायु परिर्वतन, बृक्षारोपणको अभावले वायुमा प्रत्यक्ष असर पारेको पौडेलको भनाई छ । जाडोयाममा आगो ताप्नेहरू बढ्ने भएकाले वायु प्रदुर्षण बढाउने पौडेलले बताउनु भयो । यस्तै घोराही उप–महानगरपालिकाले वायु प्रर्दुषण रोक्न कृत्रिम ताल निर्माण गर्न थालेको बताएको छ । घोराही उप–महानगरपालिकाले गुर्जे जैखोली, गिठेपानी,अर्घु लगायतका ६ स्थानमा कृत्रिम ताल निर्माण गर्न थालेको वातावरण शाखा अधिकृत दुर्गाप्रसाद खत्रीले जानकारी दिनुभयो ।
बढ्दो वायु तथा वातावरण प्रदुर्षण नियन्त्रणका लागि उप–महानगरपालिकाले पूर्ण सरसफाई रणनैतिक योजना निर्माण, वैकल्पिक झोला प्रर्वद्धन, खाली ठाउँमा बृक्षारोपन बगैचा निर्माण घोराहीस्थित लखनपार्कको गुरु योजना निर्माण लगायतका कार्यक्रम अघि सारेको बताउनु भयो । यसले वायुको गुणस्तर कायम राख्न सहज हुने शाखा अधिकृत खत्रीले बताउनु भयो ।