चन्द्रमा पछि कृत्रिम सूर्य बनाउने तयारीमा चीन

  
  प्रकाशित मितिः बिहिबार, मंसिर ६, २०७५       | 293 Views   ||

आफ्नो आकाशमा ८० किमि क्षेत्र उज्यालो दिने कृत्रिम चन्द्रमा बनाउँदै गरेको चीनले कृत्रिम सूर्य पनि बनाउने तयारी गरेको छ । चीनका बैज्ञानिकहरुले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ कृत्रिम सूर्य बनाउने तयारी थालेकाछन् । यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियस सम्म तातो पैदा गर्न सक्ने छ ।

चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सका अनुसार कृत्रिम सूर्यको परिक्षण भइरहेको छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ । यसलाई खास सूर्य जस्तै आकारमा डिजाइन गरिँदै छ । यो सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै ऊर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुनेछ ।

समाचार अनुसार इस्टलाई एक मेसिन मार्फत तयार गरिने छ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिने छ । तर यसलाई एक दिनका लागि चालू गर्दा १५ हजार डलर खर्च हुने छ । अहिले यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्सद्वीपमा राखिएको छ ।

आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने इस्टलाई मुख्य रुपमा न्युक्लियर फ्यूजन पछिको विज्ञान बुझ्न र पृथ्वीमा ऊर्जाको नयाँ विकल्पका रुपमा प्रयोग गर्नका लागि बनाइएको हो । आगामी दिनमा यो प्रविधि स्वच्छ ऊर्जा पैदा गर्ने अहम स्रोत साबित हुन सक्ने छ ।
अहिलेको समयमा विश्वमा न्युक्लियर फिजन (परमाणु संकलन) मार्फत ऊर्जा पैदा गरिँदै छ । तर यो नयाँ प्रविधिबाट पैदा हुने आणविक फोहोर भने मानिसका लागि निकै खतरनाक मानिएको छ ।

चन्द्रमा बनाउने परियोजना

चीनले यसअघि नै उज्यालोको स्रोतका लागि आकाशमा कृत्रिम चन्द्रमा बनाउने घोषणा गरिसकेको छ । यस मार्फत्त वैज्ञानिकले रातको समयमा देशको सडकलाई उज्यालो बनाउन चाहेकाछन । यसका लागि केही ठुलो स्याटलाइटको प्रयोग गरिनेछ । यसबाट ऊर्जा पनि बचाउने काम हुनेछ । यो चन्द्रमा सन् २०२२ सम्म प्रयोगमा ल्याइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *