एपोर्टको विरोध नगरौं ः सभामुख

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 521 Views   ||


संघीय सभामुख कृष्णबहादुर महराले दाङमा बन्ने तयारीमा रहेको एपोर्टको विरोध गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ । एपोर्ट बन्दा हाम्रो जग्गा जान्छ भनेर जनतालाई नआतिन भन्दै महराले जग्गाको मुल्य सरकारले दिने बताउनु भयो ।
दाङमा आफनो निर्वाचन क्षेत्र आउने क्रममा वर्डा नं.१० को नयाँ भवनको अवलोकन गर्ने क्रममा सभामुख महराले अब छिटै कन्र्सल्टेन्सी मार्फत एपोर्टको काम शुरु हुने जानकारी समेत दिनुभयो । सरकार मात्र नभई नीजि क्षेत्र सक्रिय भए विकासले अझ तिव्रता पाउने भन्दै महराले दाङमा नयाँ एपोर्ट बन्ने प्रकृया शुरु भए अन्य सम्भावनाका धेरै ढोकाहरु खुल्ने भएकाले यसमा सबैको साथ आवश्यक रहेको सभामुखको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *