मौलिक संस्कृती पहिचानका लागि सम्मेलन

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 173 Views   ||

 

शंकर केसी, आफ्नो गाउँपालिकाभित्र के कस्ता कला,संस्कृति छन भनेर पहिचान गर्न सल्यानको त्रिवेणी गाउँपालिकाले ‘लोक कला संस्कृति सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ । गाउँका मौलिक संस्कृति लोप हुन थालेको भन्दै गाउँपालिकाले वडामा कस्ता,कस्ता संस्कृती रहेछन भनेर पहिचान सम्मेलनमा गर्न लागेको अध्यक्ष मान बहादुर डाँगीले बताए । मंसिर २२ गते लुहामस्थित त्रिवेणी तिर्थशाला धाममा लोक कला,संस्कृति सम्मेलन आयोजना गरिने अध्यक्ष डाँगी बताए । सल्यान जिल्ला सोरठी,टप्पा र पैसेरु नृत्यका लागि प्रख्यात मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *