भाइरसको सक्रियता कुन समयमा बढी हुन्छ ?

  
  प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       | 231 Views   ||

मानिसलाई विरामी बनाउने भाइरस अन्य समयको तुलनामा बिहानको समयमा १० गुणाले सक्रिय हुने एक अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ।

शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्।

भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ। नत्र भने ऊ गतिशिल हुन सक्दो रहेनछ। तर सानो भन्दा सानो संक्रमण बिहान सक्रीय हुन्छ र बिहान भाइरसले शरिरलाई छिट्टै नियन्त्रणमा लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *