पानी भर्न ४ दिनसम्म पर्खनुपर्ने

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 167 Views   ||

खकेन्द्र केसी, रोल्पाको सुकिदह गाउँपालिका ३ मा खानेपानीको चरम समस्या छ । साविकको जिनाबाङ गाविसको ३, ४ र ५ का नागरिकलाई खानेपानीको समस्या भएको हो ।
करिब २० बर्षअघि रोल्पा र सल्यानको सिमानामा पर्ने जथाक लेकमा रहेको रोटेपानी मुहानबाट खानेपानी पाइप लाइन विस्तार गरिएको सो ठाउँमा अहिले जनसंख्या बृद्धि भएसँगै खानेपानीको समस्या भएको हो ।

रोटेपानीबाट आउने उतm पानी झ्याम, मनिमारे, बडाढुंगा, कुयापानी,लोरीविनी,डाँडाखुटी लगायतका गाउँका नागरिकले उपभोग गर्दै आएकाछन् । अहिले पानीको श्रोत घटेको र जनसंख्या तिन गुणाले बृद्धि भएपछि पानीमा समस्या भएको स्थानीयहरुले बताएका छन् ।

करिब ६ सय भन्दा धेरै घरधुरी भएको यी गाउँ मध्य खानेपानीको मुहानतिर पर्ने सुरुका गाउँहरुमा त्यती धेरै पानीको समस्या नदेखिए पनि फेदमा पर्ने २ यस भन्दा धेरै घरधुरी भएको कुयापानी, लोरीबिनी र डाडाँखुटीका गाउँमा चरम खानेपानीको समस्या भएको स्थानीय सेर बहादुर डाँगीले बताए ।

उनले भने– २० बर्ष अघि आएको रोटेपानी योजनाले गाउँमा खानेपानीको समस्या हटेको थियो, तर अहिले जनसंख्या बृद्धि भयो । अनि पानीको श्रोत पनि घटेर पानीको चरम अभाव छ ।” अझ फागुन देखि असारको पहिलो हप्तासम्म पानीको पुरै हाहाकार हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *