प्रियंका चोपडाले बिवाहमा लगाएको ७५ फुट लामो पहिरन बारे संसारभरि चर्चा

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 185 Views   ||

सेतो र ७५ फुट लामो यो के हो ? यो हो भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन।बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राम मार्फत् आफू बेहुली बन्दा लगाएको यो ‘वेडिङ गाउन’ सार्वजनिक गरिन्।

प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो। केही महिनाको गहिरो प्रेमपछि प्रियंका र जोनासले यसै वर्षको ग्रीष्मकालमा आफूले विवाह गर्न लागेको घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *