महिला हिसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । अहिले सड्कमा विभिन्न संघ,संस्था र विद्यार्थीहरु न्यायको माग गदै विरोध प्रर्दशनमा उत्रिरहेकाछन भने प्रहरीले उनीहरुलाई पक्रिने क्रमलाई पनि बढाएको छ । विशेषगरी कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारको हत्याको घटनामा दोषी पत्ता नलागेपछि न्यायको माग गदै देशभर विरोधका आन्दोलनहरु चर्किदै आइरहेकाछन भने सरकार अब असंहिष्णु बन्दै जान थालेको देखिन्छ ।
यसैबीच निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ।
करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव साङ्लो बनाउन आएका विद्यार्थीहरूले अहिले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। स्कुल तथा कलेजको ड्रेसमै विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइदिन आयोजक नागरिक संघर्ष समितिले स्कुलहरूलाई पत्राचार गरेको थियो। बिहान १२ बजेदेखि उनीहरू सडकमा प्रदर्शन गरिरहेका छन्।