जताततै निर्मलाको पोष्टर

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 368 Views   ||

पछिल्लो समय ‘सरकार भेटियो,न्याय भेटिएन’ भन्दै निर्मला पन्तको तस्बिर अंकित पोष्टर जताजतै देखिन थालेको छ । उक्त पोष्टरहरु दाङमा पनि बाक्लै टाँगिएको भेटिन थालेको छ ।लमही बसपार्कमा निर्मला पन्तको न्यायका लागि पोष्टर टाँगिएको छ ।

लमहीका युवाहरुले बसपार्कमा पोष्टर टाँगेका हुन् ।निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन पोष्टर टाँसेको लमहीका युवा डिल्लिराज खनालले बताए । अहिले मुलुकभरका विभिन्न जिल्लामा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै अभियान चलाइएको छ ।

पश्चिम कञ्चनपुरदेखि पूर्वमा झापासम्मका जिल्लामा निर्मला पन्तका लागि न्याय माग्न अभियान थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *