सहकारीबाटै आर्थिक समृद्धि ः सभामुख

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 179 Views   ||


देउखुरी । दाङको लमहीमा महिलाहरुले मात्र चलाएको निलकमल सामुदायिक उद्यमी महिला सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गदै संघीय संसदका सभामुख कृष्णवहादुर महराले सहकारी मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

सभाका प्रमुख अतिथि सभामुख महराले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन सहकारी महत्वपूर्ण माध्यम बन्ने भन्दै
स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरण गर्न सके सहकारीमा आबद्ध महिलाहरुको जिवीका उकास्न धेरै समय नलाग्ने बताउनु भयो ।
पूर्व अर्थमन्त्री समेत भएका सभामुख महराले आफु अर्थमन्त्री रहँदा सहकारी मार्फत आर्थिक शसत्तीकरणको योजना बनाएको उल्लेख गदै अहिले पनि सरकारले पनि तीन खम्बे अर्थ नीतिमा सहकारीलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

महिलाको क्षमता विकास गरि आर्थिक रुपमा शशत्त बनाउने योजनाका साथ स्थापना भएको निलकमल महिला सहकारीमा एक हजार ८६ जना महिलाहरु संलग्न रहेका छन् । आय आर्जनको लागि समुहका महिला सदस्यहरुमा लगानी गदैं आइरहेको सहकारीले अहिले बाख्रापालन,तरकारी खेती ,कुखुरापालन लगायतको क्षेत्रमा लगानी गरेको संस्थाकी उपाध्यक्ष सिता पोख्रेलले जानकारी दिनुभयो ।
क्रिक्रेट मैदानको अवलोकन

आज दिनभरजसो देउखुरी उपत्यकामा व्यस्त रहनु भएका महराले लमहीमा निर्माणधिन अन्र्तराष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत अबलोकन गर्नुभएको थियो । सो क्रममा सभामुख महरालाई क्रिक्रेट खेल्न योग्य बनाउनको लागि ३ करोडको बजेटको आवश्यक पर्ने भन्दै बजेट विनियोजनका लागि पहल गर्न आग्रह गरेर ज्ञापनपत्र वुझmाइएको थियो । सभामुख महराले दाङको सानको रुपमा रहेको क्रिक्रेट मैदान निर्माणको लागि पहल थाल्ने बताउनुभयो ।

नाका बासीको गुनासो

दाङका नाकाबासीले सभामुख कृष्णवहादुर महरालाई भेटेर साविकको राजपुर गाविसमा केन्द्रिय बजेट पार्न अनुरोध गरेकाछन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामवहादुर रोकाले राजपुर गाउँपालिका दाङकै विकट क्षेत्र भएपनि केन्द्र सरकारले बजेट विनियोजन नगरेको जानकारी सभामुखलाई गराएका थिए ।
नाकाक्षेत्रमा मुख्य गरी सडक र सन्चारको समस्या रहेको भन्दै रोकाले स्थानीय स्तरको बजेटवबाट मात्रै काम गर्न नसकिएको बताउनु भयो । नाका क्षेत्रलाई विकास गर्नको लागि बृहत योजनाका साथ सडक र संन्चार क्षेत्रमा बजेट विनियोजन गर्न पहल थाल्न राजपुरवासीहरुले अनुरोध गरेकाछन् । राजपुरवासीको गुनासा सुनेर सभामुखले दाङकै विकट क्षेत्रको रुपमा रहेको राजपुर गाउँपालिकाको विकास आवश्यक रहेको भन्दै स्थानीय सरकारको पहलमा केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *