प्रधानमन्त्री केपी शर्मा, ओलीले भष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरेकाछन ।
भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने भन्दै भ्रष्टाचार विरुद्धको अन्र्तरटिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री वलीले भने,“अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु र रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।”
समृद्ध र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।”
आत्म अनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ?
भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानून र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनु पर्दछ, म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो शर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।”
विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गरे ।