कृष्णसेन बहुप्राविधिक शिक्षालयले काम अघि बढायो

  
  प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५       | 255 Views   ||

केही महिना अघि मात्र सम्बद्धन प्राप्त सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दाङले आफनो व्यवस्थापनको कामलाई तिव्रता दिएको छ ।

आज शिक्षामन्त्रीका सल्लाहकार जीवन गौतम, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी र सिटीइभिटीका योजना महाशाखा प्रमुख प्रमोद आचार्यको उपस्थितिमा भएको महत्वपूर्ण छलफलमा प्राविधिक शिक्षालयका लागि जग्गा प्राप्त भएपछि झण्डै डेढ करोडको लगानीमा अस्थायी भवन बनाइने भएको छ भने यही बर्ष डिजाइनको काम थालेर अर्को बर्षदेखि पक्की भवन निर्माणको काम पनि थालिने निर्णय भएको छ ।

प्राविधिक शिक्षालयमा यो बर्ष वन विज्ञान पढाइ शुरु भइसकेको छ भने आगामी बर्षदेखि एनिमाल साइन्स र होटल म्यानेजमेन्ट थप हुनेछ । स्थानीय तहको मागको आधारमा दिइने छोटो अवधिका तालिम कलेजले यसै बर्षदेखि शुरु गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *