रोल्पामा जीप दुर्घटना हुँदा २० जना घाइते

  
  प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५       | 163 Views   ||

रोल्पाको माडीगाउँपालिका १ घर्तीगाउँ झिनुवामा आज भएको जीप दुर्घटनामा परि २० यात्रु घाईते भएका छन । रोल्पाको रांसीबाट २२ जना यात्रु लिएर दाङ तर्फ आउँदैं उक्त जीप दुर्घटनाग्रस्त भएको हो ।
उक्त जीप सडकको हिलोमा चिप्लिएर करिव १ सय मिटर तल पुगेको प्रहरीले जनाएको छ । रा १ज ६१६ नम्वरको उक्त जीप दुर्घटना भएको बारे स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय घर्तीगाँउको प्रहरी टोली घटना स्थल पुगी उद्धार गरेको छ । दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *