हामी कम्युनिष्टले राजनीतिलाई कस्तो बनायौं ?

  
  प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५       | 323 Views   ||

घनश्याम भुसाल
एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन्।

केहीदिनअघि एक र दुई पेग ह्विस्की लिएपछि उनले मलाई सोधे( भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग ?

मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा दलाल पुँजीको फन्दामा छन्।तर उनले मलाई सोधेको प्रश्न मिलियन डलर को थियो।जुन वर्गका लागि संघर्ष गरेको त्यो वर्ग नै छैन भन्नुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एउटा नयाँ वर्ग सिर्जना भएको बुझाउँछ।

यो यस्तो वर्ग हो जो दलाल पुँजीवादको जुत्ता र समाजवादको टोपी लगाउँछ। समाजवादको टोपी लगाएर हुने फाइदा लिन्छ। तर दलाल पुँजीवादले जता लैजान्छ त्यतैको बाटो हिँड्छ।हिजो तल परेकाका माथिल्लो वर्गसँग द्वन्द्व थियो। हिजो तल परेका मानिसहरू आज माथिल्लो वर्गमा आएका छन्। अनि उनीहरूको द्वन्द्व तल्लो वर्गसँग छ।

पार्टीमा जब शोषण, दमनको विरोध र अलिक समाजवादीकरण गर्ने कुरा आयो कि त्यो वर्गले यस्ता नारा, कार्यक्रम र प्रयत्नलाई निष्क्रिय पारिदिन्छ। यही खतरनाक खालको वर्ग अहिले उत्पन्न भएको छ।

८८८

यतिबेला वाम समस्या (यसमा नेकपा भनौं) र समाधान शीर्षकमा दिनदिनै कार्यक्रम हुनु पर्ने हो।किनभने वामआन्दोलनमा हामीले कैयौं चुनौती देख्न थालेका छौं, जसमा बहस आवश्यकता छ।एक लाइनमा भन्दा त्यो चुनौती हो (लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी।यसभित्रको लोकतान्त्रिक स्थिरता राजनीतिक पाटो हो। कार्यक्रमको पाटो भने राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हो।यतिबेला हामी विकासको कुरा गरेर लोकतन्त्रको कुरा छाड्न सक्दैनौँ। अनि लोकतन्त्रको कुरा गरेर स्थिरताको कुरा छाड्यौं वा लोकतान्त्रिक स्थिरता र विकासको कुरा गरेर समाजवादको विषय छाड्यौं भने आजको कार्यभार अपूरो हुन्छ। त्यसैले एकसाथ लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नुपर्छ।मुलुकमा परिवर्तन आएको बखतमा समेत हामीले संरचनात्मक हिसाबले राज्य नयाँ बनाउन सकेनौं। राजा दलाल पुँजीवादको नेता भनिसकेपछि पनि हामी त्यही जुत्ता लगाएर टोपी फेर्दै हिँडिराखेका छौं।

दलाल पुँजीवादको जुत्ता

राजाको जुत्ता कहिले कांग्रेसले लगायो। कहिले कम्युनिष्टले लगायो। तर हिँड्ने बाटो एउटै भयो। हामीले अहिले फेर्नु पर्ने नै यही कुरा हो। यो फेर्नु र लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्नु चुनौती हो।यसैका आधारमा हामीले समाधानको उपाय खोज्नुपर्छ।नेकपाभित्रै पनि अहिले वामपन्थ विकसित नभई नहुने भएको छ। किनभने पार्टीमा वामपन्थ बाँच्दैन कि भन्ने चिन्ता छ। साहित्यमा बाँच्ला। नाटकमा बाँच्ला। समीक्षामा बाँच्ला। तर सडकमा, खेत खलियानमा, राज्यमा, स्थानीय तहमा, हाम्रो विदेश नीतिमा बाँच्दैन।

अहिले नेकपाका लागि ऐतिहासिक अवसर छन्।

पहिलो, निरन्तर विस्तारित वामजनमत।किन वामजनमत विस्तारित भएको छ भन्ने अर्थ राजनीति र भूराजनीतिक पाटोमा पछि बहस गरौंला। पटक पटक विभाजित भएर पनि जनमत यसका वरिपरि छ। तथ्य के हो भने यो निरन्तर विस्तारित भैराखेको छ।

दोश्रो, संसदीय राजनीतिमा पार्टीले प्राप्त गरेको भोट र राजनीतिक मत। संसदमा दुई तिहाइ उपस्थिति। छ प्रदेशमा सरकार। यो नेकपाका लागि अवसर हो।

तेश्रो, राष्ट्रिय संगठन। यतिबेला संगठनका हिसाबले नेकपामा ठूलो जालो छ। पार्टीका जरा सामाजिक जीवनमा छन्। वन उपभोक्ता समिति, कुलो पानी उपभोक्ता समिति, वस्ती, टोल, छिमेकदेखि कर्मचारीसम्मका सामाजिक जीवनका तमाम क्षेत्रमा विस्तार भएको छ।

चौंथो, शान्तिपूर्ण आन्दोलनको प्रक्रियाबाट साथसाथै विद्रोहबाट आएका, उथलपुलथ गराएका, नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपासँग छ। दुई वटै आन्दोलन पार गरेका हजारौं मान्छेको अनुभवबीच फैलिनु अर्को अवसर हो।

पाँचौं, अहिलेको संविधान। लोकतान्त्रिक स्थिरताका साथ राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारीका लागि धेरै ठूलो अवसर संविधानले जुटाएको छ। त्यसले घोषणा नै गरेको छ( देश समृद्ध हुन्छ र समाजवाद उन्मुख हुन्छ। अझ संविधानमा राखिएका मौलिक हकमार्फत् समाजलाई, राजनीतिलाई समाजवादीकरण गर्ने अवसर संविधानले दिएको छ।यद्यपी संविधानवादका हिसाबले यो समाजवादी हो कि गैरसमाजवादी भन्ने बहस गर्ने ठाउँ भने प्रशस्त छ। तर, समाजवाद निर्माण गर्छौं भन्ने पार्टीका लागि संविधान ठूलो अवसर हो।

छैठौं, भूराजनीति यतिबेला हाम्रालागि डरलाग्दो चुनौती भैराखेको छ। तर अर्को अर्थमा मैले यसलाई अवसर देख्छु। यदि स्थिर लोकतान्त्रिक वामपन्थी सरकार हुने र भित्र त्यस्तै संगठन निर्माण हुने हो भने त्यो अवसर बन्न सक्छ। अझ संगठन एकतावद्ध बनाउने हो भने यसले भूराजनीतिक अवस्थितिलाई सामना गर्छ।

सातौं, नेकपाले यतिबेला सैद्धान्तिक रूपमा लोकतान्त्रिक बाटोबाट जान स्वीकार गरेको छ। कार्यक्रमका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने विषयलाई स्वीकारेको छ। यसमा विवाद छैन। हाम्रो भूराजनीति अवस्थितिबीच यत्रो ठूलो नेकपाभित्र कार्यदिशामा सैद्धान्तिक सहमति हुनै नै पनि ठूलो विषय हो।

अब नेकपाका आन्तरिक चुनौती हेरौं।

नेकपा मूलतस् दुई पार्टी ९एमाले र माओवादी० मिलेर बनेको छ। तर यो पार्टीमा लामो समयदेखि सैद्धान्तिक विषयले महत्वपूर्ण स्थान पाएन।खासगरी २०५१ मा सरकारमा गएपछि तत्कालिन नेकपा एमाले सत्ता राजनीतिको फन्दामा फस्दै गयो। एकपछि अर्को गरी फसिरह्यो।त्यहाँ जनताको बहुदलीय जनवाद९जबज० बारे पनि यथेष्ठ छलफल भएन।

जबज कसरी आयोरु विकासका आधार के थिएरु ऐतिहासिकता के थियोरु कुन बिन्दुमा आएपछि बहुदलीय जनवादलाई सिद्धान्त र कार्यक्रमका रूपमा स्वीकार गर्नुपर्‍योरु यसको विकास अब कसरी अगाडि बढ्छरु जस्ता प्रश्नमा छलफलै भएन। ुहाम्रै राजा ठूला छन्, हाम्रै देश विशालु भनेर बच्चामा नारा लगाउन लगाएजस्तो भयो।हामी बहुदलीय जनवादको अन्तर्यमा कहिल्यै गएनौं। जनताको बहुदलीय जनवाद सत्तामा जान हाम्रा लागि सजिलो भर्‍याङ बन्यो। जबज देखाउने, लोकतन्त्रको कुरा गर्ने र सरकारमा जाने बाटो एमालेले बनायो।

अब हिजोको माओवादीमा हेरौं। नेपालमा हाम्रै आँखाअगाडि लोकतान्त्रिक विकास भैसकेपछि माओवादीले जनयुद्ध सुरू गर्‍यो। अन्ततस् लोकतान्त्रिक प्रक्रियामा आयो। यसरी ठूलो गोलचक्कर लगाएर त्यही ठाउँमा आउँदा ऊ पटकपटक बदलियो। यसबाट ऊभित्रको सैद्धान्तिक अस्थिरता देखिन्छ।१५ वर्षको गोलचक्कबाट ऊ लोकतान्त्रिक अभ्यासमै आइपुग्यो। ुयो साना दुस्खले फर्क्याको होइन, ठूलै दुस्खले फर्क्याको हो।ुयस दौरान माओवादी धेरै पटक परिवर्तन भयो। स्थिरता भएन। अथवा सापेक्षित स्थिरता नहुनु नै उसको चरित्र बन्यो।

माओवादी के हो भन्दा पनि के हुँदैछ माओवादी भन्ने प्रमुख प्रश्न भयो। किनभने माओवादी यो हो भनेर मानिसले चिन्न बेला ऊ अर्को थोक भइसकेको हुन्थ्यो। सैद्धान्तिक रूपले अस्थिर।यसरी हेर्दा दुबै पार्टी आन्तरिक रूप, धरातल र प्रशिक्षणमा अन्त्यन्त कमजोर छन्।माओवादको जनयुद्धमा औचित्य के रह्यो भन्यो भने अहिले सबैभन्दा गाह्रो प्रश्न बन्न पुग्छ।

एमाले सरकारमा सहभागी हुन थालेको २८ वर्ष भयो। हाम्रा नेताहरू मन्त्रिपरिषद्को बैठकमा गएका २८ वर्ष भए तर देशको राजनीतिक संस्कृतिमा हामीले गरेको योगदान के हो भनेर सोध्यो भने ती नेताहरूले त बताउलान्, तर हामीलाई गाह्रो हुन्छ।त्यसरी हेर्दा सैद्धान्तिक मामिलामा वाम आन्दोलन कमजोर भयो। गुट विकास भयो। जसले अहिले नश्लिय रूप धारण गरेको छ।पार्टीभित्र आफ्नो गुटको हो कि होइन भनेर खकार, रगत टेस्ट गर्ने अवस्था भयो। धेरै टेस्ट पूरा गरेपछि सर्वांग गुटले ओतप्रोत भएपछि मात्र कम्युनिष्ट पार्टीमा लाग्न योग्य बन्ने अवस्था भयो।अहिले पार्टी सदस्यको मूल्यांकन पार्टीले गर्दैन। गुटका साना गिरोहले गर्छन्। गुटका मठाधिशले गर्छन्।यो अचानक भएको होइन। आमाको कोखबाट जन्मदै कोही अलोकतान्त्रिक हुन जन्मिएका होइनन्। तर यो असैद्धान्तिक हुने प्रक्रियामा गुट बलिया बन्दै गए।

दलाल पुँजीवादले गर्दा यो बीचमा सरकारमा जाने र आउने, जाने र आउने अनि जान चाहिरहने क्रममा पार्टीभित्र नयाँ वर्ग जन्मिएको छ।यतिबेला राष्ट्रपति कम्युनिष्ट हुनुहुन्छ। मेरो भनाइको मतलब उहाँले कम्युनिष्टको जातै फेरेको होइन होला भन्ने हो। तर कम्युनिष्ट राष्ट्रपति बन्दा कसैलाई घुँडा टेकाउन हुन्छ कि हुन्नरु के गर्नुपर्छ, के गर्न हुन्न‘रु हाम्रा ठूला नेताको बोली हेरौं।

अहिले पार्टी कमिटीले श्रद्धाञ्जली दिँदा ुबैकुण्ठ बास होस्ु भन्ने शब्द छुट्दैनन्। झट्ट हेर्दा यो सामान्य कुरा हो। गैरवामपन्थीका लागि त अति नै सामान्य कुरा हो। किनभने चलनचल्तीको कुरा हो। तर यहाँबाट विषय प्रवेश हुन्छ। नेकपाका कमिटीले अहिले क्रान्तिका कति काम गर्छन् अनि ुस्वस्थानीु का कति काम गर्छन्रु वास्तवमा स्वस्थानीको काम बढ्ता गर्छन्। सँधै स्वस्थानी, सधैँ स्वस्थानी, मन्दिर र भोट गर्दा तिनीहरू वैचारिक रूपमा विचलनमा गएका छन्।

वास्तवमा विचारको परिभाषा तपाईं कतापट्टि उभिनुहुन्छ भन्ने प्रश्नबाट हुन्छ। हेर्दा यो सामान्य कुरा हो।एउटा गरिब छ, एउटा धनी छ। तपाईं कता उभिनुहुन्छ एउटा दलित छ, एउटा गैरदलित छ। सामान्य अवस्थामा तपाईं कता उभिनुहुन्छरुएउटा जनजाति छ, अर्को गैरजनजाति छ। तपाईं कता उभिनुहुन्छ र महिला छिन्, पुरुष छ, आजको समाज छ। ठ्याक्कै तपाईं कता उभिनुहुन्छ ?

केहीले सजिलो जवाफ दिन सक्छन् ( मान्छेको ठाउँमा उभिन्छु।तर प्रश्न त आजको महिलाको पक्षमा उभिनुहुन्छ कि पुरुषकोमा भन्ने हो। दलितको पक्षमा उभिनुहुन्छ कि गैरदलितकोमा भन्ने हो।अहिले नेकपामा मान्छे द्विविधामा छन्( कता उभिने, कता उभिने१अनि जता फाइदा हुन्छ, त्यतै उभिने खालको अवस्था छ।यो वैचारिक अस्पष्टता डरलाग्दो छ।कता उभिने( घुँडा टेक्नेतिर कि टेकाउनेतिररु ९मैले घुँडा टेक्ने भनेर सांकेतिक भनेको हुँ। व्यक्तिगत होइन।० दुनियाँले बुझ्ने भएकाले उदाहरण दिएको हुँ।हाम्रो बोलीवचनमा अहंकार हुर्कँदै गएको छ। यी सबै कुरा थाम्न नेतृत्व दिनप्रतिदिन अलोकतान्त्रिक हुँदै गएको छ।माथि बस्ने र माथि जो पुग्यो त्यसले निर्णय गर्ने पद्दति बनेको छ। तल कमिटी, छलफल र प्रजातान्त्रिक अभ्यासको कुरै हुन छाडेको छ। यस्ता विषय छलफलसमेत हराउँदै गएको छ।गुटबन्दीतर्फ विषयहरू अगाडि बढेका छन्। दलाल पुँजीवादतर्फ अगाडि जाँदै गरेको छ। नयाँ वर्ग निक्लँदै गरेको र असैद्धान्तिक हुँदै गरेको छरपस्ट अवस्था छ।

यस्तोमा पार्टीलाई केवल तानाशाहीले अलोकतान्त्रिक लाठीडण्डाले मात्र चलाउन सक्छ।किनभने हामी तर्कसंगत ढंग, विचार र सिद्धान्तमा चल्न छाडिसकेका हुन्छौं। पार्टी अनुशासनले पनि चल्दैन। किनभने अनुशासन त खास उद्देश्य प्राप्तिका लागि बनाइएको विधिगत व्यवस्था हो। जब खास उद्देश्यलाइ नै कमजोर पारिन्छ, त्यहाँ कस्तो अनुशासन खोज्नेर <नेकपा अहिले लठिभद्र भएको छ। कमजोरी यहाँनेर छ।

चुनौती सामना गर्ने कसरी ?

पहिलो, वैचारिक रूपमा पार्टी स्पष्ट हुनुपर्छ। माथि उठाइएका प्रश्नमा पार्टीले कहाँ उभिने भन्ने टुंगो गर्नुपर्छ। जुन अहिले टुंगो भएको छैन। यसमा नेतृत्वले बोल्नुपर्छ।आजका वैचारिक प्रश्न के(के हुन्रु हामीले प्रष्ट पार्नुपर्छ। सामान्य विधिले काम गर्न छाडेपछि चाकरीले काम गर्छ। विचार भनेको चाकरी हुन्छ। यस्ता विषयबाट मुक्त हुने हो भने हामी वैचारिक रूपमा कहाँ उभिने प्रष्ट हुनुपर्छ।

यसलाई खगेन्द्र प्रसाईंले ुलेफ्टाइजिङ द लेफ्टु भन्नु भएको छ। अर्थात् वामपन्थको वामपन्थीकरण आवश्यक छ। किनभने मान्छे हामीले समाजवाद ल्याउँछौं भनेर साथ लागेका छन्। त्यसैले हामीले यो पल्टनलाई ुवामपन्थीकरणु गर्नुपर्छ।कहाँ उभिने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिनुपर्छ। यो लामो कुरा पनि होइन। यस्ता सातरदश वटा प्रश्नमा जवाफ मात्र दिए पनि ुनयाँ क्रान्तिु सुरू हुन्छ।त्यसो गर्न नेतृत्व स्वयं तयार हुनुपर्छ। अहंकार र सत्ताको मोजमस्तीबाट ऊ निक्लनु पर्छ। सम्पूर्ण सत्तालाई क्रान्तिका लागि अवसरका रूपमा लिनुपर्छ।यो मेरा लागि खाने अवसर हो भन्नुहुन्न। मैले भन्ने गरेको छु (कांग्रेसको पालो थियो कांग्रेसले खायो। राजाको पालामा राजाले खाए। तिनकै ठाउँमा म आएपछि भौकै बस्छुरु भन्ने अहंकारले हुन्न।त्यसैले वैचारिक रूपमा वामपन्थीकरण हुनु वाञ्छनीय छ।अर्कोतर्फ राष्ट्रिय पुँजीको निर्माण कसरी हुन्छ भन्ने विषयमा तल्ला कमिटीमा समेत छलफल गर्ने लोकतान्त्रिक परिपाटी हुनुपर्छ।पार्टी कमिटीका साथीहरू सोध्छन् ( कसरी सैद्धान्तिक बनाउने हो ?

मैले जवाफ दिने गरेको छु( बैठकको अजेण्डा सैद्धान्तिक बनाए त पुगिहाल्यो नि।हाम्रा अहिलेका बैठकमा टिकट दिने, ठेक्कापट्टा कसलाई दिने र आफूभन्दा तल्ला कमिटीलाई गुटकरण कसरी गर्ने भन्नेबाहेकका अजेण्डामा छलफल भएका छैनन्।कहिल्यै हाम्रो शिक्षा कस्तो हुन्छ, स्वास्थ्यको नीति कस्तो हुन्छ, कसरी गरिबी हटाउँछौं, कसरी रोजगारी श्रृजना गर्छौं, कसरी महिला र पुरुष समान हुन्छन्, कसरी विभेद अन्त्य गरिन्छ भन्ने विषयमा छलफल गरेनौं।

दलितरगैरदलित, जातिरजनजातिरमधेसीरपहाडी एकतालाई समानताका आधारमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने हरेक कमिटीको अजेण्डा हुनुपर्छ। हाम्रो विदेश सम्बन्ध कस्तो भयो भने रोजगारी श्रृजना हुन्छ भन्ने अजेण्डा कमिटीमा हुनुपर्छ। त्यसलेमात्र सैद्धान्तिक पार्टी बन्ने प्रक्रिया सुरू हुन्छ। त्यसलेमात्र राजनीतिक र कार्यक्रमिक क्षेत्रमा सरकारलाई लोकप्रिय बनाउन सक्छ। सबै जनताले यो सरकारका वरिपरि र्‍याली गर्ने कुरा राजनीतिक र सांगठनिक रूपमा चुनौती हो।लोकतान्त्रिक स्थिरताका प्रश्नमा कहीँ न कहीँ कांग्रेससँग पनि स्पेश बाँकी राख्नुपर्छ। यो सरकारलाई सबैको सरकार हो भन्ने हिसाबले राजनतिक रूपमा अगाडि बढाउनु पर्छ।

कार्यक्रमिक हिसाबले यो सरकारले बनाएको बजेट, नीति तथा कार्यक्रम, राज्यले खर्च गर्ने पैसाले, विदेश सम्बन्धले र आन्तरिक नीतिले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ। साथै यी कार्यक्रमले समाजवादको तयारी गर्नेछ भन्ने ग्यारेन्टी गर्नुपर्छ।बजेट यी छलफलका आधारमा राष्ट्रिय पुँजी निर्माणका लागि बन्नुपर्दछ। सबै मन्त्रालय त्यस दिशामा जानुपर्छ।अहिले हरेक मन्त्री राष्ट्रिय पुँजी निर्माणमा कति लागेका छन्रु समाजवादको तयारीमा कतिको लागेका छन्रुयसमा मानक बनाएर गयौं भने मात्रै हामी अगाडि बढ्न सक्छौं।

अन्त्यमा, संगठनका हिसाबले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने लोकतान्त्रिक संगठन पनि चाहिन्छ।यस्तो संगठनमा हरेक मान्छे कमाएर खाने र राज्यलाई कर तिर्ने हुनुपर्छ। जनता करप्रति जागरूक र सजग रहन्छन्। जब मैले तिरेको कर समाजवाद निर्माणमा गयो कि गएन भन्ने हेर्छन्। राष्ट्रिय पुँजी निर्माणमा गएको छ कि छैन भन्नेमा हरबखत सचेत हुन्छन्। तबमात्र सशक्त र लोकतान्त्रिक संगठन निर्माण हुन्छ। माथिबाट थोपरेर हुँदैन।आफ्नो विषयमा निर्णय गर्न हरेक कमिटीले पर्याप्त स्वतन्त्रता र लोकतान्त्रिक स्पेश प्राप्त गर्नुपर्छ। यस्तो अवस्थामा मात्रै हामी अगाडि बढ्न सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *