रिहारमा बस र जिप ठोकिदा ६ जनाको मृत्यु

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५       | 209 Views   ||

दाङ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रिहारमा बस र जिप ठोक्किदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएकाछन् ।चितवनबाट बाँके जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठ जना मध्ये ६ जनाको मृत्यु भएको छ भने घाइते दुईजनालाई उपचारको लागि कोहलपुर लगिएको छ । विवाहवबाट फर्किरहेको जिपमा दुलाहाका बुवा आमा र आफन्त थिए । मृत्यु हुनेमा दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
दुलहा र दुलही भने अर्को गाडीमा रहेकोले सुरक्षित रहेको प्रहरीले वताएको छ ।मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *