संविधानलाई पूर्णता दिन संशोधन ः प्रचण्ड

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५       | 165 Views   ||

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढने बताउनु भएको छ ।
सत्तारुढ राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उत्पीडित वर्ग, जाति र समुदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिँदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको प्रचण्डले स्पष्ट पार्नु भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै प्रचण्डले उत्पीडित समूदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *