लौं,आयो घाम घडी

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५       | 261 Views   ||

वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने ‘नेपाल धुप घडी’ तयार पारेकाछन् । उतm धुप घडी लाई तुल्सीपुर उप–महानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयले प्रयोगमा ल्याउँन थालेको छ ।
आगामी एक महिनाभित्र धुप घडी प्रयोगमा आउँने बताउँदै तुल्सीपुर उप–उपमहानगरका मेयर घनश्याम पाण्डेले एउटा घडी नगरपालिका परिसरमा र अर्को राप्ती शान्ति उद्यान परिसरमा राख्ने तयारी गरिएको बताउनु भयो ।बैदिकशास्त्रमा भएको विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दै नयाँ पुस्तालाई परम्परागत अभ्यास बुझाउन यस्तो पहल अघि बढाइएको उहाँले जानकारी दिनुभयो।उपमहानगरपालिका र सो विश्वविद्यालयको संयुक्त सहकार्यमा दाङमा प्राचिन विज्ञानको अध्ययन थलो बनाउने तयारी भइरहेको पनि पाण्डेले बताउनु भयो ।

जयन्त आचार्यले तयार गरेको करिव एक फिट लम्बाई र एक फिट चौडाई घडीको डायल ग्रेनाइड खोपेर तयार गरिएको छ भने समय सूचक सुईमा तामाको पाता प्रयोग गरिएको छ । यस्तो घडीले स्थानीय समय दुरुस्तै बताउन सक्ने खगोलविद् आचार्यको दावी छ । ‘आधुनिक घडीले एकैसाथ देशको समय बताएपनि भूगोल अनुसार स्थानीय समय फरक पर्छ, पूर्वी र पश्चिम नेपालको समय १५ मिनेट अन्तर भइरहेको अवस्थामा स्थानीय समय यकिन गर्न धुपघडी उपयोगी हुन्छ’–उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *