सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । विहीबार विहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।
वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ गते अवका पाउँदैछन् । प्रधानन्यायाधीशका सिफारिस भएका राणाको नाम संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिद्धारा अनुमोदन हुनेछ ।