प्रहरी र विद्यालय बीच सम्पर्क समिति

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर २८, २०७५       | 131 Views   ||

वालवालिकाहरुलाई कानुनी ज्ञानका साथै लागू औषधबाट हुने हानि,ट्राफिक ज्ञान,हिंसा लगायतका बारेमा जानकारी गराउने उदेश्यले प्रहरी र विद्यालय बीच सम्र्पक समिति गठन अभिमुखीकरण कार्यक्रम शुक्रवार तुल्सीपुमा सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा तुल्सीपुर उपमहानगरपालिकाभित्र रहेका विद्यालयका प्रधानध्यापक सहभागि कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले प्रहरी–बिद्यालय सम्पर्क समतिका बारेमा जानकारी गराउनु भएको थियो ।

बिद्यालयका प्रधानध्यापकको संयोजकत्वमा हुने समितिको सदस्य सचिवमा नजिकको प्रहरी युनिटको एकजना प्रतिनिधि रहनेछन । त्यस्तै सदस्यमा बिद्यालयको खेलकुद शिक्षक एकजना, विद्यार्थीहरुको तर्फबाट छात्र,छात्रा दुई ्रदुई जना र अभिभावकको तर्फबाट एक महिला सहित २ जना गरी ९ सदस्यीय कार्यसमिति हुने ब्यवस्था गरिएको छ । समितिले मासिक रुपमा बैठक संचालन गर्ने ,विद्यार्थी स्वयंसेवक छनौट गर्ने र सामूदायिक सुरक्षा पाठयक्रमका बारेमा जानकारी गराउने, अभिभावक भेला गरी सुरक्षा सचेतना गराउने, प्रहरीसँग एकदिन कार्यक्रम अनुसार प्रहरी युनिटहरुको भ्रमण गराउने लगायतका कार्यहरु गर्ने डीएसपी शाहीले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्ने बिद्यालयका प्रअहरुले प्रहरी–विद्यालय सम्पर्क समति गठन भए विद्यालयहरुलाई धेरै सहज हुने बताएका थिए । उनीहरुले समिति गठन भए विद्यालय हाता बाहिर हुने बिभिन्न अवान्छित गतिविधि नियन्त्रण गर्न तथा बालबालिकाहरुलाई कानुनका बारेमा ज्ञान दिन सहज हुने धारण राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *