वगरमा खेती गर्नुहोस एकलाखको अनुदान लिनुहोस् ।

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर २८, २०७५       | 182 Views   ||

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायीक तरकारी खेती गर्नेलाई अनुदान दिने भएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यावसायीक तरकारी खेती गर्ने किसानहरुलाई प्राविधिक उपकरण, डिप बोरिङ्ग, बीउ अनुदान लगायतको सहयोग गरिने बताएकाछन् । ३० कट्ठा सम्ममा वगर खेती गर्नेलाई १ लाख बराबरको सहयोग गर्ने पाण्डेले बताए । व्यावसायीक रुपमा बसन्ती मकै खेति गर्ने किसानलाई वीउ अनुदान दिने समेत जानकारी दिए । उत्पादन वृद्धिका साथै बजारीकरणका लागि पनि उपमहानगरपालिकाले सहयोग गरिने मेयर पाण्डेले वताए ।
उपमहानगरपालिकाको कृषि शाखाले व्यावसयिक तरकारी खेति तर्फ किसानहरुलाई आकर्षित गर्न सबैलाई जम्मा पारेर खेतिका बारेमा जानकारी दिएको छ । कार्यक्रममा किसानहरुलाई बसन्ते मकै र वगर खेतिका बारेमा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *