स्थायी समिति बैठकमा २२ पृष्ठको प्रतिवेदन

  
  प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५       | 182 Views   ||

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी स्थायी समिति बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको प्रतिवेदन पेश भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्षद्वयको २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको हो ।

प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार लगायत शिर्षकमा ब्याख्या गरिएको छ ।

शनिबार प्रस्तुत प्रतिवेदन बारे छलफलका लागि पुस २ गते बिहान ११ बजे बैठक बोलाइएको नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *