पार्कमा ‘स्वीमिङ पुल’ निर्माण हुँदै

  
  प्रकाशित मितिः आइतवार, पुस १, २०७५       | 243 Views   ||

दीपक बोहरा, तुलसीपुर मंसिर ।

दाङको पर्यटकीय क्षेत्र गणेशपुर पार्कमा स्वीमिङ पुल निर्माण शुरु भएको छ । गणेशपुर पार्कलाई पर्यटकको लागि थप आकर्षणको केन्द्र बनाउन स्वीमिङ पुल निर्माणको काम शुरु गरिएको राप्ती शान्ति उद्यान ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर भण्डारीले बताए ।
उनका अनुसार उक्त निर्माणको जिम्मा किड्स सेभेन चिल्ड्रेन पार्क प्रालिले लिएको छ । ‘ गणेशपुर पार्कलाई पर्यटनको थप विकासका लागि स्वीमिङ् पुल निर्माण गर्न लागिएको हो ’ उनले भने‘ त्यसका अहिले काम भईरहेको छ ।’ प्रालिका अध्यक्ष तथा फुटबलका पूर्ब राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जित बाँठाले उक्त स्वीमिङ पुल निर्माण गरिरहेका छन् । उनका अनुसार चारमहिना अघि देखि निर्माणको काम शुरु भएको हो । आउँदो नयाँ बर्षमा उद्घाटन गर्ने लक्ष्य रहेको उनको भनाई छ । अहिले करिब ४० प्रतिसत काम पूरा भईसकेको छ ।
स्वीमिङपुलसँगै समग्र चिल्ड्रेन पार्क निर्माण गर्ने जिम्मा उनले लिएका छन् । स्वीमिङ पुलसँगै बाल उद्यान, क्यान्टिन,होमस्टे, राप्तीकै म्यूजियम भवन, थारु लगायत सबै जातजातिको संस्कृति झल्किने पहिचान,नृत्य प्रतियोगिता लगायत हुने छन् । यो सबै निर्माणका लागि करिब तीन करोड लागत लाग्ने बाँठाले बताए । तुलसीपुरको गणेशपुर पार्कलाई प्रदेशकै पर्यटनको केन्द्रको रुपमा विकास गर्नका लागि चिल्ड्रेन पार्क निर्माण गर्न थालेको उनको भनाई छ । ‘गणेशपुर पार्क सुन्दर भएपनि पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन्’ उनले भने‘ त्यसैले पर्यटकको संख्यामा बृद्धि प्रदेशकै पर्यटनको केन्द्रको रुपमा विकास गर्न आफै लागि परेको हुँ ।’ करिब एक बिगा जग्गामा चिल्ड्रेन पार्क निर्माण भइरहेको छ । उद्यानमा विद्युत नहुँदा समस्या भएको भन्दै उनले पार्कमा विद्र्यत जडान गर्न पहल भइरहेको समेत बताए ।

राष्ट्रिय खेलाडीको पर्यटनमा चिन्ता

मञ्जित बाँठा तुलसीपुरका स्थापीत खेलाडी हुन् । उनको परिचय त्यतिले मात्रै पुग्दैन्,उनी राष्ट्रिय खेलाडी हुन भने जिल्लाका फुटबल प्रशिक्षक हुन् । उनले २०५६ सालयता ५ वटा राष्ट्रिय खेल खेलिसकेका छन् । दाङको खेलक्षेत्रलाई अगाडि बढाउन उनको पनि महत्वपूर्ण योग्दान छ । अब उनको योगदान खेल मात्रै हाईन्, पर्यटनमा पनि केन्द्रित भएको छ । ‘मेलै ५ वटा राष्ट्रिय खेल पनि खेल्ने अबसर पाएको छु’ उनले भने‘अब खेलसंगै मेरो दाङको पर्यटनलाई अगाडि बढाउने योजना बनाएको छु ।’ उनको लक्ष्य तुलसीपुुरको गणेशपुर मन्दिरलाई पर्यटनको अकर्षणको केन्द्र बनाउने छ । अहिले गणेशपुर पार्कमा ‘स्वीमिङ पुल’ निर्माण कार्यमा खटिन्छन् । साँझ बिहान उनी फुटबलको प्रशिक्षण दिन्छन्, भने दिउसो स्वीमिङ पुल निर्माण गर्न खटिन्छन् । ‘साँझ बिहानमा म सधै फुलबल खेल प्रशिक्षणमा खटिन्छु’ उनले भने‘दिउसो स्वीमिङ पुल निर्माणमा खटिन्छु ।’ खेल र पर्यटन दुबै समृद्धिको आधार भएकाले यी दुबै विकास अपरिहार्य रहेको समेत उनको तर्क छ । रुकुम साबिक सिम्ली जन्मघर भएका पुन हाल तुलसीपुर बस्दै आएकाछन् ।

चिडियाखानाको संरचना तयार

पार्कमा चिडियाखानाको लागि संरचना तयार भईसकेको छ । चिडियाखानामा जनावर राख्नका लागि राष्ट्रिय निकुञ्ज बिभागबाट स्वीकृति लिन मात्रै बाँकी रहेको अध्यक्ष भण्डारीले बताए । त्यसका लागि अहिले समन्वय भईरहेको उनको भनाई छ । सकेसम्म साकाहारी जनवार ल्याउन तयारी भईरहेको भण्डारीको भनाई छ ।‘निकुञ्जसंग छलफल भईरहेको छ’ उनले भने‘ सकेसम्म मांसाहारी भन्दा साकाहारी जनावर ल्याउने तयारीमा छौं ।’ मांसाहारी ल्याउन खर्च धेरै हुने तर साकाहारी ल्याउने कम खर्च लाग्ने भएकाले साकाहारी जनावर ल्याउने उनको भनाई थियो । अध्यक्ष भण्डारीका नेपाल सरकार पर्यटन बार्डको ३० लाख र स्थानीयबासीको पाँचलाख श्रमदान गरि ३५ लाखको लगानीमाा चिडियाखाना निर्माण भएको हो । २०७२ सालदेखि निर्माण शुरु भएको निर्माणको काम सम्पन्न भएको छ । यसअघि त्यहाँ बाँदर, दुम्सी, ‘हुँ’चिल लगायत राखिएको छ । पार्कमा अहिले पिक्निक खान आउनेको घुइँचो लाग्ने गरेको छ । हिजो आज पार्कमा पिक्निक खानेको घुइँचो लाग्ने गरेको छ । वरिपरि हरियाली बन र एकान्त ठाउँले नै पर्यटक लोभ्याउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *