सगरमाथा सिमेन्ट द्वारा विपन्नलाई ३ सय कम्वल बितरण ।

  
  प्रकाशित मितिः बिहिबार, पुस ५, २०७५       | 127 Views   ||

घोराहीको गोग्लीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले आज दाङका विपन्न परिवारलाई ३ सय कम्मल वितरण गरेको छ ।चिसो मौसम शुरु भएपछि प्रत्येक बर्ष झै प्रालिले यस बर्ष पनि कम्वलहरु वितरण गरेको छ ।कम्पनिले तुल्सिपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र बगलाचुली गाउँपालिकाका विभिन्न स्थानहरुमा पुगेर कम्वल वितरण गरेको हो ।

आज तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी राप्ती बहिरा सङघका एक सय भन्दा बढी वालवालिकाहरुलाई कम्बल वितरण गरिएको थियो । उद्योग बाणिज्य संंघका अध्यक्ष बीरबहादुर रावतको प्रमुख आतित्थ्यमा भएको उतm कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरुलाई सरक्षण र शिक्षा प्रदान गर्न समेत राप्ती बहिरा सङघले ठुलो योगदान गरेको भन्दै ती वालवालिकाका लागि घोराही सिमेन्ट उद्योगले कम्बल वितरण गरेकोमा प्रंशसा व्यतm गरेका थिए ।

कार्यक्रममा सगरमाथा सिमेन्टका जनसम्पर्क अधिकारी अमर सुबेदीले यसबर्ष दाङका विभिन्न स्थानमा रहेका बिपन्न परिवारलाई घरमै पुगेर जाडोमा आबश्यक पर्ने सामाग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको जानकारी दिदै कम्मल बितरण कार्यक्रममा उहाँले सगरमाथा सिमेन्ट नेपाल सरकारबाट सम्मानित भएको सबैलाई स्मरण गराउनु भएको थियो । हरेक क्षेत्रको सहकार्यले मात्रै समाजमा सकारात्मक काम सम्भव रहेको कुरा उल्लेख गदै सुवेदीले समुदाय र कम्पनी बीचमा समझदारी हुन आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *