यसबर्षको एसइई परिक्षा प्रदेश सरकारले संन्चालन गर्ने

  
  प्रकाशित मितिः बिहिबार, पुस ५, २०७५       | 166 Views   ||

 यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा एसइईको सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलो पटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ ।

अधिकारीका अनुसार केन्द्रले प्रश्नपत्र तयार पारेर पठाउँने छ । उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्ने जस्ता काम प्रदेश सरकारले गर्ने छ ।
यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ । परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *