दाङ । यसै बर्षदेखि संन्चालनमा आएको कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षा अन्र्तगत वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु फिल्ड भ्रमणमा कपुरकोट गएर फकिने क्रममा राम्री भन्ने ठाउँमा उनीहरु चढेको बस पल्टिदा १६ जनाको मृत्यु हुन पुगेको छ भने सल्यानबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ । १३ जना घाईते भएका छन् ।
सल्यानबाट दाङ आउँदै गरेको बा २ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा करिब ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १३ जना पुरुष र ३ महिलाको शव प्रहरीले फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । विद्यार्थी र शिक्षकहरु रहेको उतm बस सडकबाट करिब ५ मिटर तल खसेको भएपनि दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।
घटनास्थलमा अहिले व्यापक प्रहरी परिचालन गरी उद्धारकार्यलाई तिव्रता दिइराखेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अहिले ८ जना घाइतेलाई राप्ती अंचल अस्पताल तुलसीपुरमा भर्ना गरी उपचार भइरहेको छ ।