दुर्घटनाले निम्त्याएको क्षतिमा शोकमग्न दाङ

  
  प्रकाशित मितिः शनिबार, पुस ७, २०७५       | 132 Views   ||

शुक्रबार तुल्सीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा परेर कृष्ण सेन बहुप्रावधिक शिक्षालयका शिक्षक,विद्यार्थी र गाडी स्टाप गरी २३ जनाको मृत्युको खवरले दाङ शोकमा डुबेको छ । शनिवार दिनभर जसो त्यहि घटनाका विषयमा मान्छेहरुको मन केन्द्रित भइरह्यो भने दुख व्यतm गर्ने र श्रद्धान्जलीले सामाजिक संन्जालको वाल भरिराख्यो । दिनभरजसो घटनाका विवरणहरु बारे संन्जाल र अनलाइनहरुले खवरहरु अपडेट गरिराखे ।

गम्भिर घाइतेलाई हेलिकप्टरबाट लगियो ः

दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई आज मध्यान्न हेलिकप्टरबाट काठमाण्डौं लगि वीर अस्पतालमा उपचार शुरु गरिएको छ । उनीहरुलाई बाँकेको कोहलपुरमा उपचारार्थ उनीहरुलाई थप उपचारका लागि प्रदेश र केन्द्रिय सरकारको पहलमा हेलिकप्टरबाट लगिएको हो ।

निधन भएका ११ जनाको शव हेलिकप्टरबाट जुम्ला पुरयाइयो ः

दुर्घटनामा परी सबैभन्दा धेरै ज्यान गुमाउने जुम्लाका ११ जना विद्यार्थीहरुको शव शनिवारनै हेलिकप्टरबाट जुम्ला पुरयाइएको छ । उनीहरुको शव लिन हेलिकोप्टर काठमाण्डौंबाट दाङ आएर जुम्ला सदरमुकाम पुगेको थियो ।

आइतवार घोराही र तुल्सीपुरका शैक्षिक संस्थाहरु बन्द हुने ः

घटनाको शोकमा भोलि आइतवार जिल्लाका घोराही र तुलसीपुर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरु बन्द हुने भएकाछन् । घोराही उपमहानगरका र तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरी सो कुरा जानकारी गराएकाछन् ।

शोक वक्तव्य जारी गर्नेमा केन्द्रदेखि जिल्लासम्म ः

राम्री बस दुर्घटनामा परी निधन भएकाहरु प्रति दुख व्यतm गदै श्रद्धान्जली दिनेहरुमा केन्द्रका राजनीतिक दलदेखि जिल्लाका संघ,संस्था र जनप्रतिनीधिहरु रहेकाछन् । सो घटनामा नेकपा केन्द्रले पनि एक विज्ञप्ती जारी गरेको छ भने उपराष्टपति देखि सभामुख,प्रदेश मुख्य मन्त्री हुँदै जिल्लाका शैक्षिक संस्था,उपमहानगरपालिका सहित अन्य संघ,संस्थाहरुले संस्थागत रुपमै शोक बक्तव्य जारी गरी घटनामा परी निधन भएकाहरु प्रति श्रद्धान्जली व्यतm गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *