घाईते भेट्न मन्त्री पोखरेल अस्पताल, सिटिईभिटीले शोक मनाउने

  
  प्रकाशित मितिः शनिबार, पुस ७, २०७५       | 140 Views   ||

काठमाण्डौं, शुक्रबार बस दुर्घटनामा परेर घाईते भई काठमाण्डौं राष्ट्रिय ट्रमा सेन्टर पुरयाइएका शिक्षक, बिद्यार्थीहरुलाई शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । मन्त्री पोखरेलले घाईतेहरुको उपचारमा कुनैं कमि हुन नदिन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । उहाँले घाईतेहरुको उपचारमा सरकारले बिषेश ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसैवीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले एक दिन शोक मनाउने भएको छ । घटनापछि आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको आकस्मिक बैंठकले दाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भोली १ दिन परिषदका आंगिक, साझेदारी, प्रााविधिक शिक्षा संचालन गर्ने सामुदायिक विद्यालयहरु तथा निजी शिक्षालयहरुमा श्रद्धाञ्जली कार्यव्रmम आयोजना गर्ने निर्णय गरेको छ ।

साथैं दुर्घटनामा परी घाईते सम्पुर्ण प्रशिक्षार्थीहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । बैंठकले आर्थिक सहायताको व्यवस्था गर्न र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *