कृषि मजदुर गर्ने गिरीराजले अहिले कमाउँन थाले मासिक १ लाख

  
  प्रकाशित मितिः मङ्लबार, पुस १०, २०७५       | 225 Views   ||

अजयदीप शर्मा, नारायणपुर, अर्काको जग्गामा कृषि मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएका घोराही–६ गुरुवागाउँका गिरिराज अधिकारी,बर्ष ५१ ले अहिले जग्गा भाडामा लिएर आफै तरकारी खेती गर्न थालेपछि मासिक १ लाखको आम्दानी गर्न थालेकाछन् । घोराही १० खैरामा स्कूलको ६ विगा जग्गा गत भदौमा लिजमा लिएर तरकारी खेती शुरु गरेका अधिकारीले यो महिनामा ५ लाखको आम्दानी गरिसकेकाछन् ।

व्यवसायीक रुपले टमाटर,आलु,काउली,भेडेखुर्सानी, मुला र गाँजरको खेती गदैं आएका अधिकारीले त्यसलाई अब अग्र्यानिक बनाउने तयारी थालेकाछन् । यसका लागि उनीले गाई फर्म र हरिया घासपातबाट मल व्यवस्थापन गरिरहेकाछन् । अहिले पनि मैले खाद्य मल र विषादीको प्रयोग एकदमै कम मात्रामा गरिरहेको छु उनी भन्छन–‘अब त्यो पनि हटाई शुद्ध अग्र्यानिक तरकारी खेती गर्ने तयारीमा लागिरहेको छु’ ।

सात बर्षसम्म लमही उद्यमसिल बहु उदेश्य सहकारी संस्थाको नारायणपुर शाखामा बिउबिजन उत्पादनको काममा मजदुरी गरिरहेका गिरीराजलाई आफै केही गरेर देखाउँछु भन्ने अठोट त्यतिबेला जाग्यो जब सहकारीले मजदुरी गरेको पैसानै नदिएर फर्मनै अर्कोलाई भाडामा दिई आफूलाई निकालिदियो । ‘म,मा जाँगर थियो,अनुभव थियो नजिकैमा स्कूलको जग्गा लिजमा लिए अनि ऋण काढेर ५ लाख लगानी गरे अहिले त्यो लगानी उठाएर आम्दानीमा जम्मा गर्न थालिसकेको छ’ु गिरिराजले भने । जिल्लाका गन्य,मान्यहरुले चलाएको सहकारीमा मैले काम गरेको पैसा समेत पाएन आफनो दुखेसो पोख्दै अधिकारीले भने–‘अझै डेढ लाख लिन बाँकी छ त्यो सहकारीका कोहीले पनि मतलव राख्नु हुन्न’ ।
आँट गरे के असम्भव छ र भन्ने कुरालाई चरितार्थ गदै कृषि व्यवसायी गिरिराज अधिकारीले अब आफनो मासिक १ लाख आम्दानीलाई बढाएर २ लाख पु¥याउने गरी उत्पादन र बजार व्यवस्थापनमा लागेकाछन् ।

उनले उत्पादन गरेका तरकारी सुर्खेत,कपुरकोट,तुलसीपुर,घोराही र बुटवलको बजारसम्म जाने गरेको उनी बताउँछन् । अहिले उनी खुसी र आनन्दित छन । ‘अर्कोको अधिनमा भन्दा स्वतन्त्र रुपले आफनो मेहनत आफैका लागि गर्दा आम्दानी पनि बढ्ने शारिरीक रुपमा कसरत हुने मानसिक रुपमा पनि स्फूति आउने आनन्द पनि प्राप्त भएको छ’ ।
०६२ सालमा प्युठानको तिरामबाट दाङ झरेका अधिकारीले कृषि क्षेत्रमा बटुलेको अनुभवलाई प्रशिक्षक बनेर पनि कयौं ठाउँमा तालिम दिइसकेकाछन् ।

अनुभवले उनी आफै कृषि जेटिएको काम गर्ने भइसकेकाछन । अहिलेसम्म सरकारी र कुनै संघ,संस्थाबाट सहायता र अनुदान नपाएका अधिकारीले सरकारले कृषिमा गरिरहेको भनेको लगानी किसानसम्म आइपुग्दैन, हुने,खाने ठालुहरुनै किसान बनेर अनुदान खाने गरेकाछन,उनीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *