आज माओको १२६ औं जन्म दिवस

  
  प्रकाशित मितिः बुधबार, पुस ११, २०७५       | 144 Views   ||

दाङ, चिनियाँ जनवादी क्रान्तिका नेता माओत्सेतुङको १२६ औं जन्म दिवस आज नेपाल लगायत विश्वभर मनाइने भएको छ । चीनमा १९४९ अक्टुबर १ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेका माओको जन्म सन् १८९३ डिसेम्बर २६ अर्थात आजकै दिन चीनको हुनान प्रान्तको एउटा गाउँमा भएको थियो ।

माओ चीनीया कम्युनिष्ट पार्टीका अध्यक्ष भएपनि उनीले सामन्ती तथा अर्थऔैपनिवेशिक मुलुकमा गरिने क्रान्तिको मोडेलको प्रयोग गरेर चीनलाई सामन्ती व्यवस्थाबाट मुतm गरेकाले उनीलाई संसारभरका कम्युनिष्टहरुले विश्वसर्वहारावर्गका नेता रुपमा मान्ने गर्दछन् । उनी नयाँ पुँजीवादी जनवादी क्रान्तिका सिद्धान्तकार र प्रयोगकर्ता भएकाले उनको सिद्धान्त र विचारलाई अंगिकार गदै नेपालमा १० बर्षे माओवादी जनयुद्ध शुरु भएको थियो ।

उनै माओको सम्झनामा माओवाद र विचारधारा मान्ने कम्युनिष्ट घटक तथा वाम विचार राख्ने संघ,संस्थाहरुले आज विविध कार्यक्रम गरेर माओ दिवस मनाउदै छन ।
यसैबीच माओ जन्मजयन्तीको अवसरमा दाङमा अन्तक्र्रिया हुँदैछ । बाम सहकार्यका लागि साझा मञ्च दाङको आयोजनामा ‘माक्र्सवादको विकासमा माओत्सेतुङको योगदान’ भन्ने विषयमा कार्यक्रम हुन थालेको हो ।
मञ्चका संयोजक सुशील गौतम र कार्यक्रम संयोजक रामप्रसाद जैशीले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघमा विहान ११ बजे शुरु हुने कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।कार्यक्रममा शशिधर भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने सन्तबहादुर नेपाली, हिरामणि दुःखी लगायतले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *