१४ माघ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले जनयुद्ध भन्दा जटिल युद्ध लड्नु परेको बताएका छन् । जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको कार्यक्रममा उनले अहिलेको राजनीतिक युद्धलाई पनि भिन्न रुपको जनयुद्ध ठानेको बताए । ‘जनयुद्धको बेला हाम्रा लडाकुहरु हतियार लिएर लडेका थिए, त्यो बेला म लडाकुको सुरक्षापंक्ति भित्र हुन्थेँ,’ उनले भने,‘तर अहिले म राज्यको सुरक्षा पंक्ति भित्र छु, विना हतियार शान्तिपूर्ण रुपमा लडेका छौं,त्यो बेलाको लडाइ भन्दा अहिलेको राजनीतिक लडाइ थप चुनौतीपूर्ण र जटिल रहेछ ।’